प्रदेश

राष्ट्रिय सभा सदस्यका लागि सत्ता गठबन्धनबीच भागबन्डा, कसका कति जना ?



काठमाण्डौ, १९ पुष । आउँदो माघमा हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि सत्ता गठबन्धनबीच भाडबन्डा भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सोमवार बसेको सत्ता गठबन्धनको बैठकमा सत्ता साझेदार सबै दलले राष्ट्रिय सभा सदस्यमा भागबन्डा गरेका हुन् ।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलका अनुसार नेपाली कांग्रेसले सबैभन्दा धेरै ६ जना सदस्य पाएको छ । यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँच,पाँच, जनता समाजवादी पार्टीले दुई र राष्ट्रिय जनमोर्चाले एक जना सदस्य पाउनेछन् । चुनावमा सत्ता गठबन्धनबीच सहमति भएकाले गठबन्धनकै उम्मेद्वारले जित्ने पक्का जस्तै छ ।

राष्ट्रिय सभा सदस्यको चुनावका लागि भोलि मङ्गलवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन गर्ने कार्यतालिका छ । राष्ट्रिय सभाका २० जना सदस्यको पदावधि आउँदो फागुन २१ गते सकिँदैछ । त्यसमध्ये एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य हुने भएकाले बाँकी १९ पदका लागि आउँदो माघ १२ गते चुनाव हुन लागेको हो ।

राष्ट्रिय सभा जुन पद खाली हुन्छ, त्यही पदका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मात्रै चुनाव हुने व्यवस्था छ । चुनावमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुन्छन् । देशभरिबाट प्रदेश सभा सदस्यहरू पाँच सय ३२ जना , गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवम् नगरपालिका प्रमुख तथा उपप्रमुखहरू १४ सय ९३ गरी जम्मा दुई हजार २५ मतदाता छन् । आयोगले सात प्रदेशमा मतदानस्थल तोकिसकेको जनाएको छ ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६