प्रदेश

राष्ट्रिय सभा चुनावका लागि कांग्रेसले टुङ्ग्यायो ६ जना उम्मेदवार




काठमाण्डौ, १९ पुष । राष्ट्रिय सभा सदस्य चुनावका लागि नेपाली कांग्रेसले ६ जना उम्मेदवारको टुङ्गो लगाएको छ । नेपाली कांग्रेसको आज सोमवार पार्टी कार्यालय सानेपामा बसेको कार्यसमिति बैठकले माघ १२ गते हुने राष्ट्रिय सभा चुनावका लागि ६ जनाको नाम टुङ्गो लगाएको हो ।

प्रदेश १ बाट गोपालकुमार बस्नेत, वाग्मतीबाट कृष्णप्रसाद पौडेल, गण्डकीबाट कमला पन्त, लुम्बिनीबाट युवराज शर्मा, कर्णालीबाट दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिमबाट नारायण मिश्रलाई उम्मेदवारमा मनोनयन गर्ने कांग्रेसले जनाएको छ ।

यस्तै चुनावमा सत्ता गठबन्धनमा आबद्ध दलहरू सहमतिका साथ अघि बढ्ने र चुनावमा सहकार्य गर्ने पनि कांग्रेसले निर्णय गरेको छ ।

राष्ट्रिय सभाका १९ सिटका लागि हुने चुनावमा नेपाली कांग्रेसले ६, माओवादी र एकीकृत समाजवादीले पाँचरपाँच, जनता समाजवादी पार्टीले दुई र राष्ट्रिय जनमोर्चाले एक सिटमा उम्मेदवारी दिने गठबन्धनबीच सहमति भइसकेको छ ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६