प्रदेश

यातायात कार्यालयमा सेवाग्राहीलाई दुःख दिने १६ बिचौलिया पक्राउ



काठमाण्डौ, १९ पुष । यातायात व्यवस्था कार्यालय गुर्जुधाराबाट १६ जना बिचौलिया पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका ६ गुर्जुधारामा रहेको यातायात व्यवस्था कार्यालयमा आउने सेवाग्राहीलाई जबरजस्ती तानी अनावश्यक दुःख दिँदै अभद्र व्यवहार गरिरहेको अवस्थामा १६ जनालाई आज सोमवार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाण्डौका सुबिन लामा, काठमाण्डौकै शौरव श्रेष्ठ, राजेश खड्गी, रविन कार्की, अजय महर्जन र हरिकृष्ण पहरी रहेका छन् । यस्तै धनकुटाका राकु तामाङ, अछामका एकेन्द्र बुढा, ओखलढुङ्गाका वीरेन्द्र कटुवाल र तनहुँका सुशान्त राज भण्डारी पनि पक्राउ परेका छन् । साथै मकवानपुरका विशाल लामा, रोल्पाका जीवन मगर, झापाका विशाल मेचे, ओखलढुङ्गाका विवेक न्यौपाने, ललितपुरका को रुद्रबहादुर महत र सिन्धुपाल्चोकका छिरिङ तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूले सेवाग्राहीहरूलाई लाग्ने दस्तुरभन्दा बढी दस्तुर लिन खोजी छिटोछरितो काम गरिदिने भनी आश्वासन दिइ जबरजस्ती तानी अनावश्यक दुःख दिँदै सार्वजनिक स्थानमा अशान्ति मच्चाएको प्रहरीले बताएको छ । उनीहरू १६ जनालाई पक्राउ गरी मुलुकी फौजदारी अपराध संहिता २०७४ बमोजिम अभद्र व्यवहार गरेको कसुरमा मुद्दा दर्ता गरी प्रहरी वृत्त थानकोटमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६