कपिलवस्तु, १९ पुष ।
रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. २ स्थित उचिडिहवामा थारु (घरबास) होमस्टे आजदेखि सञ्चालनमा आएको छ । घरबासबाट थारु खानपिन, कला–संस्कृति, भेषभूषाको संरक्षण एवं सम्वद्र्धन र प्रचार प्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिइएको छ ।
सो होमस्टे सञ्चालनका लागि सैनामैना नगरपालिकाले पाँच घर निर्माणका लागि रु. १० लाख अनुदान दिएको छ । यस्तै कार्यक्रम गर्ने सभा हल निर्माणका लागि लुम्बिनी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिबाट आर्थिक वर्ष २०७२/७३ मा रु.चार लाख ७५ हजार, अ.व.२०७३÷७४मा रु.६ लाख, ६५ हजार, निर्वाचन क्षेत्र पूर्वधार विकास विशेष कार्यक्रम अन्तरगत अ.व.०७३/७४ मा रु.१६ लाख ५७ हजार ५०० , सैनामैना नगरपालिकाबाट आर्थिक वार्ष २०७२÷७३ मा रु. १ लाख ९० हजार, ०७३/७४मा रु.७ लाख, ०७४/७५ रु.५ लाख, ०७६÷७७ मा रुं ६ लाख र लुम्बिनी प्रदेश मुख्य मन्त्री ग्रामिण विकास परियोजनाबाट २०७७/७८ मा रु. १२ लाख रकम प्राप्त भएको होमस्टे सञ्चालनका अध्यक्ष खुसिराम चौधरीले जानकारी दिनुभयो ।
त्यस्तै रु.९ लाख ४६ हजार ५ सय २६ रुपैयाँ लागत सहभागितामा सो सभाहल निर्माण गरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘होमस्टेमा आउने पाहुँनालाई स्थानीय कला संस्कृति, नाचगान प्रदर्शन गरिने छ । ’
दुई कोठा भएको पाँच घरमा होमस्टे सञ्चालन गरिएको छ । एउटा कोठामा दुईवटा बेड छन् । हाल होमस्टेमा एक पटकमा २० जना बास बस्न सकिन्छ । थप १० घरमा पनि होमस्टे सञ्चालन गर्ने योजना रहेको होमस्टे सञ्चालक समितिका अध्यक्ष चौधरीले बताउनुभयो । ‘समुदायको प्राचिन र ऐतिहासिक थलो हुँदाहुँदै विकासमा पछाडि प¥यो, थारु कला र संस्कृति पनि हराउँदै जान थालेपछि होमस्टे सञ्चालनलाई नगरपालिकाले पर्यटन प्रवद्र्धनसँग जोडेको छ’ अध्यक्ष चौधरीले भन्नुभयो ।
बुटवलबाट १४ किलोमिटर पूर्व पश्चिम महेन्द्र राजमार्गको कालिकाचोक उत्तरमा सो होमस्टे रहेको छ । उचिडिहवा गाउँ थारु समुदायको पुरानो एवं ऐतिहासिक वस्ती भएको बताइएको छ ।
प्रतिक्रिया