जीवनशैली

पर्यटकको संख्या घटे , अन्तर्राष्ट्रिय यात्रु बढे



काठमाडौँ १९ पुस — कोभिड महामारीको प्रभाव घटे पनि पर्यटक आगमन प्रभावित भएको छ । सन् २०२१ मा विदेशबाट आउने यात्रुको संख्या वृद्धि भए पनि नेपाल घुम्न आउने पर्यटकको संख्या भने घटेको छ ।

पर्यटन बोर्डका अनुसार ०२१ मा हवाई मार्ग भएर कम्तीमा ४० वटा मुलुकका १ लाख ५० हजार ९ सय ६२ जना पर्यटक नेपाल आए । यो अघिल्लो वर्ष २०२० को दाँजोमा ३४ प्रतिशतले घटी हो । त्यस वर्ष २ लाख ३० हजार पर्यटक नेपाल आएका थिए ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार, अन्तर्राष्ट्रिय यात्रुको संख्या भने २०२१ मा अघिल्लो वर्षको दाँजोमा करिब १९ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा अन्तर्राष्ट्रिय उडानबाट १२ लाख ८० हजार यात्रु भित्रिएका छन् । २०२० मा यो संख्या ११ लाख थियो । आन्तरिक उडानतर्फ भने यात्रु आवागमन १ सय १३ प्रतिशतले वृद्धि भएको छ । प्राधिकरणका अनुसार, २०२० मा १४ लाख आन्तरिक यात्रुको देशभर आवागमन भएकोमा २०२१ मा यो संख्या करिब साढे ३१ लाख पुगेको छ । सन् २०१९ र २०२० मा कोभिडका कारण आन्तरिक उडान प्रभावित भए पनि २०२१ मा अवस्था सुधारोन्मुख देखिन्छ ।

हवाई यात्रु वृद्धि भएकै कारण प्राधिकरणले आर्थिक वर्ष २०७७/७८ मा नियमित आम्दानी प्रक्षेपण गरिएको दाँजोमा २७ प्रतिशतले वृद्धि गर्दै २ अर्ब ६४ करोड पुर्‍याएको छ । तर पर्यटकबाट मात्रै असुल गरिने विमानस्थल विकास शुल्क भने प्रक्षेपण गरिएको दाँजोमा ४८ प्रतिशतले घटेको छ । प्राधिकरणले आर्थिक वर्ष ०७७/७८ मा ६० करोड २८ लाख रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरेकोमा ३० करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । चालु आर्थिक वर्ष प्राधिकरणले यात्रु आवागमनबाट हुने नियमित आम्दानी ५ अर्ब ५९ करोड रुपैयाँ र विमानस्थल विकास शुल्क ७९ करोड रुपैयाँ हुने प्रक्षेपण गरेको छ ।

प्रकाशित : १९ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६