प्रदेश

चीनमा उपचारपछि वर्षमान पुन आज स्वदेश फर्किँदै




काठमाण्डौ, २० पुष ।
नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन आज स्वदेश फर्किँदै हुनुहुन्छ । जन्डिसको उपचारका लागि चीनमा रहेका पुन दम्पती आज आज नेपाल र्फकन लागेका हुन् ।

पुन दम्पतीको उपस्थितिमै अन्य पदाधिकारी चयन गर्न माओवादी केन्द्रले केन्द्रीय कमिटी बैठक २५ गतेसम्मका लागि स्थगित गरेको छ । पुनले पार्टी महासचिवका रुपमा आफ्नो दावी पेश गर्दै आउनुभएको छ भने सशक्त दाबेदारका रुपमा अर्का नेता जनार्दन शर्मा पनि अगाडि आउनुभएको छ ।

पुन र शर्माबीच महासचिवमा रस्साकस्सी हुँदै गर्दा प्रचण्डले देव गुरुङलाई समेत महासचिवको रुपमा अघि सार्नुभएको छ । महासचिवमा सहमति हुन नसक्दा सोमबारको केन्द्रीय कमिटी बैठकबाट पदाधिकारी चयन हुन सकेन । पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष मात्रै घोषणा गरेर नवनिर्वाचित पहिलो केन्द्रीक कमिटीको बैठक सकिएको थियो ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६