प्रदेश

राष्ट्रियसभा निर्वाचनमा लुम्बिनीबाट ६ जनाको उम्मेद्वारी




दाङ, २० पुष । राष्ट्रियसभा निर्वाचनका लागि लुम्बिनी प्रदेशबाट ६ जनाले उम्मेद्वारी दिएका छन् । माघ १२ गते लुम्बिनी प्रदेशमा ३ सिटका लागि हुन लागेको निर्वाचनमा गठबन्धनबाट ३ जना र एमालेबाट ३ जनागरी ६ जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ ।

गठबन्धनबाट उम्मेद्वारी दिनेमा काँग्रेसबाट बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादी बाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट रुपन्देहीका तुलबहादुर विश्वकर्माले रहेका छन् । युवराजको प्रस्तावकमा शंकर गिरी र समर्थकमा उपा थापा रहेका छन् । त्यस्तै गैरेको प्रस्तावकमा रमा घर्ती र समर्थकमानुमानन्द सुवेदी रहेका छन् भने विश्वकर्माको प्रस्तावकमा तारा जिसी र समर्थकमा तारा थापा रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

यस्तै एमालेका तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती उपाध्याय र गुल्मीका कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । जसअनुसार उपाध्यायको प्रस्तावकमा कुलबहादुर केसी र समर्थक भुवनेश्वर पौडेल छन् । त्यस्तै गुप्ताको प्रस्तावकमा नरुलाल चौधरी र समर्थकमा घनश्याम पाण्डेय रहेका छन् भने सुनारको प्रस्तावकमा सीता सिक्देल न्यौपाने र समर्थकमा माया शर्मा रहेको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

राष्ट्रियसभाको लागि लुम्बिनी प्रदेशमा रिक्त रहेको ३ सिटका लागि माघको १२ गते निर्वाचन हुँदैछ । लुम्बिनी प्रदेशमा २ सय ९६ मतदाता संख्या रहेको छ ।

प्रकाशित : २० पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६