कपिलवस्तु, २० पुष ।
रेसिडेन्सियल ईङ्गलिस बोडिङ्ग स्कुलमा खेल सप्ताह सुरु भएको छ । खेल्नुपर्छ रमाई, आत्मवल जगाई भन्ने नाराका साथ आज (मंगलवार) देखि खेल सप्ताह सुरु भएको हो । जिल्लाको गोरुसिङ्गेमा अवस्थित रेसिडेन्सियलले विद्यार्थीहरुलाई बजार परिक्रमा गराई खेल सुरु गरिएको थियो । खेल कार्यक्रमको स्वागत गर्दै विद्यालयका संचालक राजेन्द्र पिसिले खेलले विद्यार्थिको शिक्षण सिकाईमा महत्वपुर्ण भुमिका खेल्ने भएकाले खेल अनिवार्य भएको बताए । सप्ताहव्यापि खेलमा कर्पदि, भलिवल, फुटवल, क्रिकेट, हाई जम्प, सर्ट जम्प, स्विट रेस, स्पोन रेस, फ्रग जम्प लगाएतका खेलहरु संञ्चालन गरिएको छ । खेल कार्यक्रमको उद्घाटन विद्यालयका सञ्चालक विश्वराज खनालले गरेका थिए । खेलको जानकारी विद्यालयका शिक्षक सुनिता बस्नेतले गरेकि थिईन । यसै विच आज चार वटा खेल सम्पन्न भएका छन । जसमा स्पोन रेस तर्फ कक्षा तिनको जुना थारु प्रथम, क्यारोल सेन ठकुरि दोस्रो, विरदुसा थारु तेस्रो भएका छन । यस्तै फ्रग जम्प छात्र तर्फ कक्ष तिनका क्रिस पाण्डे प्रथम, कुसल अधिकारी दोस्रो तथा विवस थापा तेस्रो भएका छन् । फ्रग जम्प छात्रा तर्फ अंकिता थारु प्रथम, रितिका चौधरी दोस्रो, सुप्रिया सुनार तेस्रो भएका छन् । त्यस्तै ५० मिटर रेसमा छात्र तर्फ आर्यन आचार्य प्रथम, कुसल अधिकारी दोस्रो, समिर थारु तेस्रो भएका छन । ५० मिटर रेसमा छात्रा तर्फ कोमल थारु प्रथम, कविता क्षेत्रि दास्रो, अंकिता थारु तेस्रो भएका छन् । खेल सप्ताहमा १०० मिटर दौडमा छात्र तर्फ सिरिस थारु प्रथम, रोहन श्रेष्ठ दोस्रो तथा आयुष गुरुङ्ग र सुमित थारु तेस्रो भएका छन् । यस्तै छात्रा तर्फ निसा भुसाल प्रथम, सर्मिला भट्टराई दोस्रो, रोसनि थापा र अंकिता आचार्य तेस्रो भएको विद्यालयले जनाएको छ । खेल कार्यक्रम विद्यालयको प्रङ्गगणमा सम्पन्न भएको हो ।
२० पुस २०७८, मंगलबार
प्रतिक्रिया