जीवनशैली

सिके राउत जनमत पार्टी कार्यकर्ताको अवरोधले भैरहवा सडखण्डमा ७ दिन यता सयौं गाडी रोकिए



भैरहवा २१ पुस । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले निरन्तर प्रदर्शन गर्दै आएपछि भैरहवा भुमही सडखण्ड ५ दिन यता अवरुद्ध भएको छ।

किसान आन्दोलन संघर्ष समितिको नाममा जनमत पार्टीका कार्यकर्ताहरुले रुपन्देही र पश्चिम नवलपरासीका हुलाकी सडक क्षेत्र र आसपासमा दैनिक प्रदर्शन गर्दै आएका छन्।

गत आइतबार भैरहवा लुम्बिनी सडकखण्डको बनगाई चोकमा चक्काजाम गर्न क्रममा प्रहरीले हटाएपछि उनीहरुको प्रदर्शन भैरहवा परासी खण्डमा केन्द्रित भएको हो।

भैरहवा लुम्बिनी सडकखण्डमा बन्द गराउदै हिडेका १२ जनालाई प्रहरीले पक्राउ गरेपछि उनीहरु पश्चिम नवलपरासीको समेत सक्ति केन्द्रित गर्ने उदेश्यका साथ भैरहवा परासी सडकखण्डमा प्रदर्शन गर्न थालेका हुन।

रुपन्देही प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक मनोज केसीले आन्दोलनका नाममा सडकमा अवरोध गर्दै चक्काजाम गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको बताएका थिए।

तर भैरहवा परासी खण्डमा अवरोध भएको ५ दिन हुदा पनि सडक अवरोध गर्ने जनमत पार्टीका कुनैपनि कार्यकर्ता पक्राउ परेका छैनन। स्थानीयका अनुसार सडकमा अवरोध गर्नेहरु १५ देखि २० जना मात्रै छन्।

उक्त सडकखण्डको परासी सदरमुकामको कसिया नजिकै उनीहरुले बिहान १० बजे देखि सांझ ५ बजे सम्म सडक बन्द गराएपछि आधा किलोमिटरको दुरीदेखि नै सवारी साधनलाई रोकेर राखेको छ।

बुटवल नारायणगढ सडकखण्ड निर्माणको क्रममा बनाईएका डाईभर्सन र पुलहरु गत भदौमा आएको बाढीले भत्काएपछि अधिकांश ढुवानीका साधनहरु सोही सडकको प्रयोग गर्दै आएका थिए। ५ दिन यता जनमत पार्टीका कार्यकर्ताहरुको अवरोधले मालवाहक गाडीहरु पनि बाटोमै रोकिएका छन्।

जनमत पार्टीले किसानमाथीको दमन बन्द गर्नुपर्ने, किसानलाई समयमै मलखाद, बीउविजन र सिँचाइको व्यवस्था गरिदिनु पर्ने, सिँचाइको लागि प्रयोग गरिने बिजुली निःशुल्क गर्नुपर्ने, किसानहरुको समस्या समाधानका लागि मन्त्रिस्तरीय वार्ता समिति गठन गर्नुपर्ने लगायतका माग राख्दै आन्दोलन गरी रहेकोछ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६