दाङ, २१ पुष । दाङ देउखुरीको राप्ती उपत्यकामा बन्ने लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजनाको प्रारम्भिक खाका तयार भएको छ । परामर्शदाताले प्रारम्भिक रुपमा तयार पारेको गुरुयोजनालाई सरोकारवालासँगको प्रारम्भिक परामर्श पछि थप परिमार्जन गरि ल्याउन भनिएको लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।
राजधानीको गुरुयोजनाले प्रारम्भिक रुपमा राप्ती गाउँपालिकाको तीन वटा वडा, गढवा गाउँपालिका र सितगँगाको दुईरदुई वटा वडा समेटेको छ । राजधानीको प्रशासनिक क्षेत्र बुद्धको प्रतिमा आकारमा रहने प्राधिकरणको अवधारणा रहेको छ । त्यही अनुसारको खाका तयार पारेर सरोकारवालाको विस्तृत छलफलमा लैजाने पूर्वाधार विकास प्राधिकरणले जनाएको छ ।
लुम्बिनी प्रदेशको राजधानीको गुरुयोजना, राप्ती गाउँपालिकाको तिन वटा वडा, गढवा गाउँपालिकाको दुई वटा वडा र सितगँगा नगरपालिकाको दुई वटा वडालाई केन्द्रमा राखेर निर्माण भएको छ । राप्ती गाउँपालिकाको वडा नम्बर २ लाई मुख्य केन्द्र मानेर राजमार्गको ५ सय मिटर बाहिरको क्षेत्रलाई मुख्य प्रशासनिक क्षेत्र, मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, मन्त्रालयहरु र भीआईपीको अवास रहने क्षेत्र गुरुयोजनामा प्रस्ताव गरिएको छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पूर्वपश्चिम राजमार्गको उत्तर तर्फ राप्ती गाउँपालिकाको वडा नम्बर २ मा रहने छ । यस्तै त्यहाँबाट ६० मिटर चौडा सडक दक्षिण तर्फ राप्ती नदी सम्म पुग्नेछऽ जहाँ राप्ती नदीमा सिग्नेचर ब्रिज अर्थात् कलात्मक पुलले गढवा गाउँपालिकाको क्षेत्रलाई सिधै जोड्ने छ । बुद्धको आकारमा रहने प्रस्तावित यस क्षेत्रको बीच बीचमा दुई देखि पाँच बिगाहा क्षेत्रफलका अलग अलग प्लटहरु रहनेछन् । राप्ती नदीको दुवै तर्फ बलियो तटबन्धसँगै जोडिएको ६०र६० मिटर चौडा सडक प्रस्ताव गरिएको छ भने सडक सँगै जोडिएको एक सय मिटर चौडा ग्रीन बेल्ट पनि गुरुयोजनामा प्रस्ताव गरिएको छ ।
नदीको दुवै तर्फको ग्रीनबेल्टसँगै आधुनिक शहर निर्माण गर्ने गुरुयोजनाले परिकल्पना गरेको छ । गुरुयोजनाको अन्तिम रिर्पोट पुस मसान्त भित्र आइसक्ने र त्यसपछि सरोकारवालासँगको विस्तृत छलफलपछि परिमार्जित गुरुयोजना प्रदेश सरकारलाई हस्तान्तरण गरिने प्रादेशिक पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरे बताउनुभयो ।
गुरुयोजनामा राप्ती गाउँपालिकाको सिसनिया क्षेत्रलाई पहिलो र पाखापानीदेखि मौरिघाट सम्मको क्षेत्रलाई दोस्रो व्यापारिक केन्द्र, सिसनिया देखि पहरुवा सम्म सांस्कृतिक क्षेत्र प्रस्ताव गरिएको छ । यस्तै गढवा गाउँपालिकाको क्षेत्रलाई आवासीय, कृषि र केही संस्थागत क्षेत्र पनि गराउन सकिने गुरुयोजनामा प्रस्ताव गरिएको छ । गढवाको कालाकाटे र सितगंगा नगरपालिकाको क्षेत्रलाई औद्योगिक क्षेत्र बनाउने प्रस्ताव गुरुयोजनामा गरिएको लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । राजधानी शहरको बाहिरी घेरामा रिङ रोड रहनेछ, जस्ले उत्तर र दक्षिण तर्फका पहाडलाई प्रशासनिक केन्द्रसँग जोड्ने छ ।
परामर्ष दातासँग विभिन्न विकल्पमा पटक पटक छलफल भैरहेको र अन्तिम प्रतिवेदनमा राजधानीको गुरुयोजना सहित त्यसभित्र रहने संस्थागत क्षेत्रको भिजनसहितको गुरुयोजना पनि ल्याउन भनिएको पूर्वाधार विकास प्राधिकरणले जनाएको छ । प्रस्तावित गुरुयोजनालाई अन्तिम रुप दिइ प्रदेश सरकारलाई बुझाउनु अघि राप्ती उपत्यकामा उपलब्ध जनप्रतिनिधि, स्थानीय बासिन्दा तथा अन्य सरोकारवालसँग विस्तृत छलफल गरिने पूर्वाधार विकास प्राधिकरणको योजना रहेको छ ।
प्रतिक्रिया