प्रदेश

प्याब्सन लुम्बिनीको अधिवेशन सम्पन्नः कपिलवस्तुका सापकोटालाई उपाध्यक्षको जिम्मेवारी



निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) लुम्बिनी प्रदेशको तेस्रो अधिवेशनले बुटवलका लालहरि पाण्डेयको अध्यक्षतामा १३ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत चयन गरेको छ ।

तीन वर्षे कार्यकालका लागि चयन भएको कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा ऋषिकेश जिसी (बाँके), उपाध्यक्षहरूमा केशव सापकोटा (कपिलबस्तु), गोविन्द पौडेल (पाल्पा) सचिवमा धनराज चापागाई (नवलपरासी), कोषाध्यक्षमा अमर राज सुवेदी (दाङ्ग), सहसचिवमा तेजनाथ पौडेल (बर्दिया), सहकोषाध्यक्षमा महेश भूर्तेल (रुपन्देही) चयन भएका छन् ।

यस्तै कार्यकारिणी सदस्यहरूमा शारदा ज्ञवाली (रुपन्देही), रामदेव यादव (रुपन्देही), उपेन्द्र गुप्ता (नवलपरासी), वासुदेव रिजाल (दाङ्ग) र राजेन्द्रकुमार आचार्य (बाँके) चयन भएका छन् ।

बाँकेको कोहलपुरमा सम्पन्न अधिवेशनको उद्घाटन समारोह प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षता र लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री सुरेन्द्रबहादुर हमालको प्रमुख अतिथ्यतामा भएको थियो ।

कार्यक्रममा प्याब्सन केन्द्रीय सह-अध्यक्ष डि.के.ढुङ्गाना,सल्लाहकारहरू आषिश श्रेष्ठ, नारायण अधिकारी, सुमन गोपाल आचार्य, निर्मल उपाध्याय, अनिल झा, प्याब्सनका केन्द्रीय उपाध्यक्षहरू ईश्वरबहादुर गुरुङ्ग, कृष्ण अधिकारी र बिष्णु पन्थी, नेशनल प्याब्सन केन्द्रीय सचिव कुसुम रानाभाट लगायतले निजी विद्यालयहरू राज्यको शिक्षा विकासको मेरुदण्ड रहेको तर नेपाल सरकारले भेदभाव गरेको गुनासो गरेका थिए ।

अधिवेशनमा कोषाध्यक्ष केशव सापकोटाले पेस गरेको आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ । प्रदेश अधिवेशनमा प्रदेशका विभिन्न जिल्लाबाट ३५० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६