काठमाण्डौ, २१ पुष । – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको अपेक्षाअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ ।
आज बुधवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा संयुक्त बैठक आह्वान गरी प्रधानमन्त्री देउवाले देश र जनताले अपेक्षा गरेअनुसार काम गर्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको हो । उहाँले देशको विकास र निर्माणको कामलाई तीव्रता दिने गरी बजेट परिचालन गर्न पनि अर्थ मन्त्रालयलाई सचेत गराउनुभयो ।
प्रधानमन्त्री देउवाले जनताको जीवन रक्षाका निम्ति पनि उत्तिकै चनाखो भएर लाग्न मन्त्री र मन्त्रालयका सचिवहरूलाई सचेत गराउनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
मन्त्री कार्कीले भन्नु भयो, ‘प्रधानमन्त्री देउवाले देशको विकास र सरकारले जनतालाई दिनुपर्ने सेवा–सुविधालाई तीव्रताका साथ अगाडि बढाउन, जनताको जीवन रक्षाका निमित्त चनाखो हुन र विकासका कामलाई पनि तीव्रताका साथ अगाडि बढाउन सबै मन्त्री र मन्त्रालयका सचिवहरूलाई निर्देशन दिनुभएको छ । समग्रमा प्रधानमन्त्रीजी देशको अपेक्षा र जनताको अपेक्षाअनुसार सरकारले तीव्रताका साथ काम गरोस् भनेर निर्देशन दिनुभयो ।’
बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रको अवस्थाबारे प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभएको थियो । प्रधानमन्त्री देउवाले ती समस्या समाधान गरेर जन सेवाको कामलाई रफ्तारमा अघि बढाउनुपर्ने बताउनुभएको थियो ।
प्रतिक्रिया