अर्थ-वाणिज्य

देउवाको कदमले पार्टी नै दुर्घटनामा पर्ने कोइरालाको चेतावनी



काठमाडौं २१ पुस । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको कदमले पार्टी नै दुर्घटनामा पर्ने चेतावनी दिनुभएको छ । केन्द्रीय सदस्य मनोनयनको बिषयलाई लिएर सभापति देउवासँग पराजीत नेता कोइरालाले आज बिज्ञप्ती नै जारी गरी यस्तो चेतावनी दिनुभएको हो ।

कोइराला भर्खरै सम्पन्न महाधिवेशनमा देउवासँग पराजीत भएपनि ४० प्रतिशत मत कटाउनु भएको थियो । सभापतिमा पराजीत भएपछि बिगतमा जस्तो भागबण्डा नखोज्ने बताउनु भएका कोइरालाले सभापति देउवाले आफ्नो समुहमा रहेका प्रभावशाली नेतालाई समेत अपमानित गर्न थालेपछि प्रतिवादमा उत्रनुभएको हो । कोइरालाले आज आफ्नो समुहको बैठकमा लिखित मन्तब्य राख्दैसभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुने चेतावनी दिनुभएको हो ।

उहाँले सभापतिको व्यक्तिगत रुचीका आधारमा व्यक्तिको छनोट हुन नहुने प्रष्ट मान्यता पनि राख्नुभएको छ । ‘सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुनसक्छ । विधि र विधानबाहिर गएर गरिने सबै कामहरू बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्ने कि नगर्ने ?’ कोइरालाको भनाई छ ।

सभापति देउवाले रामचन्द्र पौडेलसँग मिलेर देउवाले आफ्नो समुहबाट पदाधिकारीको उम्मेदवार भएका हस्तीहरुलाई समेत केन्द्रीय सदस्यमा नल्याएको निश्कर्षसहित शेखरले यस्तो चेतावनी दिनुभएको सो समुहका नेताहरुले बताएका छन । उहाँले सभापतिका गतिबिधिले कांग्रेसभित्र निरासा पैदा भएको ठोकुवा पनि गर्नुभएको छ ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६