काठमाण्डौ २२पुष । नेपाली कांग्रेसका सिराह जिल्ला सभापती रामचन्द्र यादव संगको लफडा सार्वजनिक भएपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक हिराबहादुर पाण्डेलाई सार्वजनिक रुपमै ज्यानमार्ने धम्कि आएको छ।कांग्रेस सिराहाका सभापती यादव संगको बिवाद चर्किदै गएपछि प्रहरी प्रधान कार्यालयले पाण्डेलाई गत आईतवार सांझ प्रहरी प्रधान कार्यालय तानेको थियो।करीव २ महिना अघिको एउटा हत्यामा सम्लग्न कांग्रेस कार्यकर्तालाई छोडन दवाव दिएपछि चर्केको बिवाद अहिले सरुवा मात्रै होईन निलम्वन र ज्यान मार्ने धम्की सम्मको अवस्थामा पुगेको छ।
पाण्डेलाई कांग्रेस सिरहा जिल्ला सभापति रामचन्द्र यादवका स्वकीय सचिव सुरेन्द्र यादवले सामाजिक सन्जालमै उल्लेख गरेर भौतिक कारबाहीको धम्की दिएका छन तर उनले केही समय अघि उक्त धम्की भने फेसबुकबाट हटाएका छन्।सिराहा कांग्रेस सभापति यादवको फेसबुकमा ट्याग गरिएका उक्त स्टाटसमा ‘सिराहा जिल्लाका निवर्तमान प्रहरी प्रमुख हिरा पाण्डे सावधान, आउँदैछु, तिमीलाई भौतिक कारबाही गर्छु।’ उल्लेख छ,पाण्डेलाई सिराहामै रहदा सिके राउतले सामाजिक सञ्जाल फेसबुकबाटै समेत सिराह बजारमा जनकार्वाही गर्ने सार्वजनिक धम्की दिएका थिए।हत्या अभियुक्त कांग्रेस कार्यतालाई छोडन पाण्डेले नमानेपछि सभापति यादवले दुई महिना अघि नै सिराहाबाट लखेटने धम्की दिएकाहरुबाटै र सरुवा भएपछि पनि सामाजिक सार्वजनिक रुपमै आफुमाथी ज्यानमार्ने धम्की आएको पाण्डेले बताउदै आएका छन्।ज्यान मार्ने धम्की सहित स्टाटस लेखेका सुरेन्द्र यादवले आफ्नो पार्टी सभापतीलाई घरमा आएर गोली हान्छु भनेपछि फेसबुकमा लेखेको र अहिले हटाएको बताए।प्रहरी उपरिक्षक पाण्डेले भने आफुमाथी षडयन्त्र पुर्ण तरीकाले फसाउन खोजिएको र आफु सिराहबाट हिडेपछि योजनाबद्ध ढंगले फसाईएको बताए।








प्रतिक्रिया