अर्थ-वाणिज्य

सिआइबीको पक्राउ पूर्जी काटिएका यी हुन् भिआईपीहरु




काठमाडौ २२ पुस । बालुवाटारस्थित ललिता निवास जग्गा घोटाला प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले बुधबारसम्म ३ सयभन्दा बढीमाथि पक्राउ पुर्जी लिएको छ । जग्गा घोटाला प्रकरणमा सरकारी कागजात किर्ते प्रकरणमा मुछिएका ३ सय जनाभन्दा बढीमाथि काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । बालुवाटारस्थित ललिता निवास रहेको सरकारी जग्गा जफत फिर्ताको नाममा व्यक्तिको नाममा नामसारी गरेर १३७ रोपनीभन्दा बढी जग्गा गायब पारिएको सम्बन्धमा यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको थियो । अख्तियारले दोषीलाई कारबाही गर्दै जग्गा जफत गरी सरकारको नाममा ल्याउने प्रयोजनका लागि उक्त मुद्दा दायर गरेको थियो ।विशेष अदालतमा उक्त मुद्दा चलिरहँदा केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले पनि ललिता निवास प्रकरणसँग जोडिएर करिब ३ सय जनाभन्दा बढीमाथि अनुसन्धान गरिरहेको छ । २०२३ सालदेखि सरकारी जग्गामा भएको गडबड र घोटालाको फेहरिस्त खोज्दै ललिता निवास प्रकरणमा जोडिएका ३ सय जनाभन्दा बढीमाथि अनुसन्धान गरेको थियो । सोही अनुसन्धानका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेकाबाहेक पनि अन्य व्यक्तिहरुलाई सरकारी कागजात किर्ते प्रकरणमा मुद्दा दायर गर्ने तयारी गरेको हो ।

काठमाडौँ जिल्ला अदालत स्रोतका अनुसार सीआईबीले हाल पक्राउ पुर्जी लिएका व्यक्तिहरूमा ७ जना सरकारी संयन्त्रमा रहेर काम गरिसकेका भीआईपी तथा तीनजना व्यापारिक घरानाका भीआईपीहरू समेत रहेका छन् । जिल्ला अदालत स्रोतका अनुसार पक्राउ पुर्जी दिइएकाहरूमा नेपाली काँग्रेसका नेता तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार, अन्य पूर्व मन्त्रीहरू चन्द्रदेव जोशी, डम्बर श्रेष्ठ र छविराज पन्त रहेका छन् । त्यसै गरी अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यात र पूर्व सचिव दिनेशहरि अधिकारीमाथि पनि पक्राउ पुर्जी जारी भएको अदालत स्रोतले जनाएको छ ।त्यसै गरी ललिता निवास जग्गा प्रकरणका प्रमुख आरोपी मीन बहादुर गुरुङ, सुधीरकुमार शाह, आफ्नो जग्गा हो भन्दै दाबी गर्ने व्यापारीहरू श्रवणकुमार गोयल र कैलाश चन्द्र गोयलमाथि पनि पक्राउ पुर्जी जारी भएको छ । गोयल दाजुभाइ डीएल डेभलपर्सका मालिकहरू हुन् । डेभलपर्सको नाममा ललिता निवासभित्र करिब १६ रोपनी जग्गा रहेको छ ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६