जीवनशैली

निर्वाचन आयोगको चौराहामा स्थानीय तहमा मतदाता नामावली संकलन गर्ने को घुइँचो



काठमाडौं २२ पुस : निर्वाचन आयोगले दोस्रो चरणको फोटो सहितको मतदाता नामावली संकलन गरिरहेको छ। पहिलो चरणमा स्थानीय तहमा मतदाता नामावली संकलन गरिएको थियो। त्यसमा छुटेकाहरुलाई पायक पर्ने निर्वाचन कार्यालय, जिल्ला र इलाका प्रशासन कार्यालयमा गएर मतदाता नामावलीमा नाम दर्ता गर्ने व्यवस्था गरिएको छ।

काठमाडौंको बहादुर भवनमा रहेको निर्वाचन आयोगको कार्यालयमा पनि बिहानैदेखि मतदाता नामावलीमा नाम दर्ता गराउनेको घुइँचो लागेको छ। काठमाडौं बाहिर घर भएकाहरु मतदाता नामावलीमा नाम लेखाउन कार्यालय पुगिरहेका छन्। निर्वाचन आयोगको चौरमा बसेर युवाहरु मतदाता नामावलीको फर्म भरिरहेका छन्।

निर्वाचन आयोगले आउने वैशााखमा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई प्रस्ताव गरेको छ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६