काठमाडौँ, २२ पुष । राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत आज र भोलि उम्मेदवारहरुको मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । हिजो दाबी विरोध र उजुरीका लागि आयोगले समय दिएको थियो ।
जाँचबुझपछि भोलि साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका छ । पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने र पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा निर्वाचन चिह्न प्रदान गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभएको छ ।
निर्वाचन माघ १२ गते हुने छ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उम्मेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।
प्राय सबै प्रदेशमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाले राष्ट्रिय सभा सदस्य चुनावका लागि तालमेल गरेका छन् ।








प्रतिक्रिया