अर्थ-वाणिज्य

सरकारले उखुको मूल्य लागत भन्दा कम तोकेकोमा किसान असन्तुष्ट



काठमाडौं, २२ पुस। बुधबार मन्त्रिपरिषदले तोकेको उखुको मूल्यमा किसानहरुले असन्तुष्टि जनाएका छन् । मन्त्रिपरिषद् बैठकले उखुको प्रतिक्विन्टल मूल्य सरकारी अनुदानसहित ५९० रुपैयाँ तोकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

उखुको उत्पादन लागत र किसानको नाफाबापत प्रति क्विन्टल ५२० रुपैयाँ, सरकारले दिने अनुदान प्रतिक्वीन्टल ६५ रुपैयाँ २८ पैसा र उखु किसान प्रवर्द्धन शीर्षकमा थप प्रति क्वीन्टल ४ रुपैयाँ ७७ पैसा थप गरे र मूल्य निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।
कृषि मन्त्रालयको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेश गरेको मूल्य बुधबार बसेको मन्त्रिपरिषद्ले अनुमोदन गरेको वाणिज्य मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीले जानकारी दिइन् । उखु किसान प्रवर्द्धन शीर्षकमा यो वर्ष किसानका लागि सरकारी अनुदान थप गरिएको पनि मन्त्रालयले जनाएको छ ।

‘किसानलाई खेतीमा आकर्षण गर्न सरकारले अनुदान थप गरेको हो,’ केसीले भनिन् ।

उखुको लागत भन्दा कम मूल्य तोकेको भन्दै किसानहरुले भने विरोध जनाएका छन् । उखु किसन संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम राय यादवले यो मूल्यमा उखु बेच्दा किसानलाई घाटा हुने बताए । ‘सरकारले हाम्रो हितमा काम गरेन, यो मूल्यले हाम्रो लागत पनि उठ्दैन’ सर्लाहीबाट उनले टेलिफोनमा भने ।

यसअघि उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली नेतृत्वको टोलीले उखुको प्रतिक्विन्टल मूल्य ६५० भन्दा बढी हुन पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको थियो ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६