जीवनशैली

नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्दै, २४ घण्टामै ५ सय ४० जना संक्रमित



काठमाडौं २२ पुस ।

नेपालमा कोरोना संक्रमण लगातार उकालो लाग्न थालेको छ। गत २४ घण्टामा ५ सय ४० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो संख्या बुधबारको तुलनामा झण्डै एक सयले बढी हो। बुधबार ४ सय ३५ संक्रमित थपिएका थिए। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २ सय ९ जनामा पिसिआर परीक्षण गर्दा ४ सय ७८ र ४ हजार ८ सय ९० जनाको एन्टिजेन परीक्षण गर्दा ६२ जनामा संक्रमण पुष्टि भएको हो।

यो अवधिमा २ सय ७१ जना संक्रमणमुक्त भएको र एकजनाको मृत्यु भएको मन्त्रालयको विवरण छ। संक्रमित भन्दा संक्रमणमुक्त हुने संख्या घट्दै गएपछि सक्रिय संक्रमित बढेका छन्।

हाल देशभर ५ हजार ४ सय ३१ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ।जसमध्ये ५ हजार ६९ जना होम आइसोलेसन र ३ सय ६२ जना संस्थागत आइसोलेसनमा छन्। अस्पतालमा रहेकामध्ये ७९ जना आइसियु र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६