ब्रेकिंग न्युज

लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारबाट एक अर्ब बजेट विनियोजन




कपिलवस्तु, २२ पुष ।

संघीय सरकारबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि एक अर्ब बजेट विनियोजन भएको छ । यसै साता काठमाडौंमा संघीय सरकारसँगको छलफलबाट लुम्बिनी प्रदेशलाई १ अर्बको बजेट पार्न सफल भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी बिचमा भएको छलफलबाट लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि एक अर्ब बजेटको व्यवस्था गरिएको जनाइएको छ । मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विकका अनुसार अब प्रदेश राजधानी निर्माणको विषयमा नीतिगत र बजेटका हिसाबले तीव्र रुपमा काम अगाडि बढाउने योजना अघि सार्ने तयारी छ ।

जग्गा प्राप्तिको विषय र बजेटको विषयले पूर्णता पाउन थालेपछि अब राजधानी निर्माणको विषयले गति लिने भएको हो । बजेट प्रदान गरेकोमा मुख्यमन्त्री केसीले संघीय सरकारका प्रधानमन्त्री र अर्थमन्त्री लगायत नेपाल सरकारलाई प्रदेश सरकारको तर्फबाट विशेष धन्यवाद दिँदै आगामी दिनमा समेत सहयोग गरिदिनका लागि आग्रह गरेका छन् ।

यस अघि नै लुम्बिनी प्रदेश सरकारले राप्ती उपत्यका देउखुरीमा राजधानी निर्माणका लागि संघीय सरकारसँग ३ अर्ब बजेट माग गर्ने निर्णय मन्त्रिपरिषद् बैठकमार्फत गरेको थियो । प्रथम चरणको उक्त बजेटबाट गुरुयोजना, भौतिक संरचना निर्माण र जग्गा अधिग्रहण कार्य गरिने जनाइएको छ ।

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६