अर्थ-वाणिज्य

कपिलवस्तुको एमाले अधिवेशन उद्घाटनसस्त्र आज हुँदै, प्रतिस्पर्धि को को त ?



कपिलवस्तु २३ पुस ।
नेकपा (एमाले) कपिलवस्तुको नवौं जिल्ला अधिवेशनको उद्घाटनसस्त्र आज हुँदै छ । शनिबारसम्म चल्ले अधिवेशनकोे समुद्घाटन भर्चुअल प्रविधि मार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नु हुने छ ।

जिल्लाको वाणगंगामा रहेको सिद्धार्थ क्याम्पस बुङ्चीको सभाहलमा अधिवेशनको समुद्घाटन हुने एमाले जिल्ला अध्यक्ष झविलाल पोख्रेलले जानकारी दिनु भयो ।

वडा, गाउँ, नगरपालिका देखि केन्द्रिय महाधिवेशनसम्म सर्वसम्मत नेतृत्व चयन गरेर एकताको सन्देश प्रवाह गरेको नेकपा (एमाले) ले पौष २३ र २४ मा हुने जिल्ला अधिवेशनबाट समेत नेतृत्व सर्वसम्मत चयनका लागि कसरत गरिरहेको एमालेले जनाएको छ ।

जिल्ला अधिवेशनमा करिव ६ सय प्रतिनिधी सहभागी हुनेछन् । अधिवेशन पौष २३ गते विहान ११ बजे उद्घाटन हुने र बेलुका ५ः०० बजे सम्म चल्नेछ भने २४ गते विहान ७ः०० बजे देखि नै संचालन हुने एमाले जिल्ला प्रचार विभागले जनाएको छ ।

अधिवेशनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिव सहित १ सय २० सदस्यि जिल्ला कमिटी निर्वाचित हुने निर्वाचन समितिका संयोजक चन्द्र बहादुर खड्काले जानकारी दिनु भयो ।

यता जिल्लाको अध्यक्षमा उम्मेद्वारी दिने झण्डै आधादर्जन नेता रहेका छन् । जसमा डम्मर शर्मा, बाबुराम खनाल, नेत्रराज अधिकारी, बाबुराम आचार्य, खुम प्रसाद अचार्य, कुमार मधु बेल्वासे लगायत छन् ।

प्रकाशित : २३ पुस २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६