कपिलवस्तु २४पुस ।
एमाले कपिलवस्तु नवौ अधिबेशनमा सचिव पदमा उम्मेदवारी दिएका भेषराज पाण्डे आफूले सचिव पदमा निर्वाचन जितेमा पुरा गर्ने ११ वटा प्रतिबद्धता सार्वजनिक गरेका छन् ।उनले नवौ अधिबेशनमा निर्वाचित भएमा काममा पारदर्शी शैली र असल आचरण प्रस्तुत गर्ने गराउने, स्थानीय कमिटीहरुको सस्थागत संरचना सुदृढ गर्न सघाउने ,कमिटीका बैठकहरु ब्यवस्थित तवरले चलाउन बैठक र बक्तब्य ब्यवस्थापन तालिम संचालन गर्ने जस्ता कामको प्रतिबद्धता जनाएका हुन् ।
त्यसैगरी नेता कार्यकर्तालाई श्रम र उत्पादनसंग अनिवार्य जोड्ने नीति वनाई लागु गर्ने , चौक चौराहमा बसेर गफगाफ गरेर समय विताउने शैली बदल्न सबैलाई प्रेरीत गर्ने , पार्टीको जिल्ला कार्यलय पूर्ण प्रविधी मैत्री तुल्याउने , कार्यकर्तालाई आइपर्ने कुनै पनि दैनिक प्रशासनिक समस्याको सिघ्र समाधानको प्रत्यक्ष नेतृत्व गर्ने , पार्टीवाट निर्वाचितले स्वकिय सचिव नातेदार राख्ने चलनमा पूर्ण रोक लगाउने , राजकीय र अन्य मह्त्वपूर्ण अवसरमा नियक्ती सिफारिसको पारदर्शी मापदण्ड तयार पार्ने उनले जारी गरेका प्रतिवद्धता हुन् । पाण्डेले पेनलेस मिटिङ संचालन र पेपरलेस सर्कुलर पद्धती अपनाउने , राजमार्गमा आधारीत पार्टी शक्तिलाई सिमाक्षेत्र सम्म मजवुत वनाउने लगायतका प्रतिवद्धता जनाएका छन् । १४ वर्षको उमेरमा अनेरास्ववियूको इलाका कमिटी अध्यक्ष बनेर राजनीतिमा प्रबेश गरेका पाण्डे, २०५१ सालमा कपिलवस्तु बहुमुखी क्याम्पसको स्ववियू सभापति निर्वाचित भएका थिए । २५ वर्षदेखि लगातार जिल्ला कमिटी सदस्य रहदै आएका पाण्डे २०५२ सालमा एमाले ५ नम्वर इलाकाको उपसचिव हुदै सचिव भएर काम गर्नु भएको थियो ।
२०५४ सालवाट जिल्ला कमिटीमा रहेर हाल सम्म निरन्तर कृयासिल हुदै आएका पाण्डेले २०६०—०६३को कार्यकालमा एमाले कपिलवस्तुको कार्यालय सचिव भएर काम गरेका थिए । ब्यस्थापन शास्त्र अन्तर्गत लेखा शास्त्रमा स्नातकोत्तर एमविएस र बौद्ध विश्वविद्यालयवाट एमएविएस गरेका पाण्डे हाल प्रयोगात्मक बौद्ध शिक्षावाट पिएचडीको अध्ययन समेत छन् । डेले कपिलवस्तु नगर कमिटी अध्यक्ष एवम इन्चार्ज ,एमाले जिल्ला प्रचार विभागको प्रमुख जस्ता जिम्मेवारी विगतमा सम्हाल्दै आफूलाई एक कुशल संगठकका रुपमा परिचित गराएपछि यसपाली सचिवमा उम्मेदवारी दिएका हुन्।
प्रतिक्रिया