प्रदेश

भारतमा विदेशबाट आएका सबैलाई सात दिन होम क्वरेण्टीन अनिवार्य



भारत २४ पुस । भारतमा ओमिक्रोनको सङ्क्रमण बढेपछि थप स्वास्थ्य सतर्कता अपनाउन थालिएको छ।

भारत सरकारले विदेशबाट आएका सबै सात दिन होम क्वरेण्टीनमा बस्नुपर्ने नियम लागू गरेको छ। यो नियम जनवरी ११ अर्थात आउँदो मंगलवारदेखि लागू हुनेछ ।

सङ्घीय स्वास्थ्य मन्त्रालयले विदेशबाट आएका सबै यात्रुलाई कम्तीमा एक हप्ता होम क्वरेण्टीनमा बस्न आग्रह गरेको छ।

भारतमा पछिल्ला दिनमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण बढेको छ । विदेशबाट आएका कुल यात्रुको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत सङ्क्रमित भएको पाइएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट एक लाख १७ हजारभन्दा धेरै सङ्क्रमित भएका छन् ।

भारतमा कोरोना भाइरसको महामारी सुरु भएदेखि अहिलेसम्म तीन करोड ५२ लाखभन्दा धेरै सङ्क्रमित भएका छन् ।

प्रकाशित : २४ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६