प्रदेश

बाघको छालासहित लमहीबाट ४ जना पक्राउ



दाङ, २४ पुष ।

दाङको घोराही उपमहानगरपालिका लमहीबाट बाघको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ झरना टोल घर भइ हाल लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ डेरा लिइ बस्ने वर्ष ४५ का शंकर गिरी, उनकी श्रीमती ४२ का झरना थापा, लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने वर्ष ६३ का गिर बहादुर बिश्वकर्मा र लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँ बस्ने वर्ष २८ का आशा कुमार चौधरी रहेका छन ।
प्रहरीले गोप्य सुचनाको आधारमा लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ बाट ती चार जनालाई नियन्त्रणमा लिएको हो । बिश्वकर्मा र चौधरीले अन्यत्रबाट बाघको छाला खरिद गरि गिरी र थापा बिच बिक्रि गर्नका लागि मोलमोलाइ भैरहेको थियो । सोही क्रममा गोप्य सुचनाको आधारमा विशेष ब्युरो, जिल्ला प्रहरी कार्यालयदाङ र वडा प्रहरी लमहीले उनिहरुलाई नियन्त्रणमा लिएको दाङ प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए । उनिहरूलाई डिभिजन वन कार्यालय लमहीलाई बुझाएको छ ।

प्रकाशित : २४ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६