प्रदेश

एमाले कपिलवस्तुमा जुटेन सहमति , चुनावी प्रक्रिया सुरु, अहिले मतदान जारी



कपिलवस्तु, २४ पुष ।
नेकपा एमालेको जारी जल्ला अधिवेशन अन्र्तगत कपिलवस्तुमा सहमितिमा नेतृत्व चयन हुन नसकेपछि अन्ततचुनावी प्रक्रिया सुरु भएको छ । कपिलवस्तुको जिल्ला अधिवेशन बाणगंगा स्थित बुङ्चिमा चलिरहेको छ । जारी अधिवेशन अन्र्तगत अध्यक्ष सहित उपाध्यक्ष, सचिव लगाएतका पदमा आकांक्षिहरु धेरै भएपछि कपिलवस्तुमा चुनावी प्रक्रिया अन्र्तगत मतदान सुरु भएको हो ।
अहिले साँझ देखि मतदान सुरु भएको एमाले कपिलवस्तुले जनाएको छ । अन्तिम समय सम्म सहमितिका आधारमा नेतृत्व चयनको कसर भए पनि नेताहरु बिचमा सहमति नजुटेपछि मुख्य पदका लागि चुनाव गरिएको हो । एमाले कपिलवस्तुको जिल्ला अध्यक्ष पदका लागि तीन जना चुनावी मैदानमा गएका छन् । नेत्रराज अधिकारी, डम्मर शर्मा र बाबुराम खनालका बिचमा चुनावी प्रतिश्प्रधा सुरु भएको निर्वाचन स्थलबाट सहकर्मी सागर पौडेले जानकारी दिनुभएको छ । यस्तै उपाध्यक्षमा विश्राम थारु र हिरालाल पौडेल बिच चुनावी लडाई सुरु भएको हो ।
अहिले मतदान सुरु भएको छ । राति अबेर सम्म मतपरिणाम सार्वजनिक हुने अनुमान छ । कपिलवस्तु जिल्ला अध्यक्षका लागि ६ जना नेताहरुको नाम चर्चामा थियो । अन्त्यमा तीन जनाको चुनावी प्रतिश्प्रर्धा भएको हो । यस्तै सचिव पदका लागि भेषराज पाण्डे, विश्व कार्की र सिवी गहतराज तीन जना चुनावी मैदानमा होमिएका छन् ।
एमाले कपिलवस्तुको अधिवेशनमा ५९६ जना प्रतनिधि रहेका छन भने बाणगंगा नगरापलिकामा मात्रै २ सय बढी प्रतिनिधि छन् । यसरी हेर्दा बाणगंगाबाट उमेद्धारी दिएका उमेद्धारहरुलाई केही सहज अनुमान गरिएका छ ।

प्रकाशित : २४ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६