प्रदेश

एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल सर्वसम्मत निर्वाचित



कपिलवस्तु, २४ पुष ।

नेकपा एमालेको ८ औं जिल्ला अधिवेशनबाट पिताम्बर भुसाल अध्यक्षमा निर्वाचित भएका छन् । मालारानी– ५ बाँगीका भुसाललाई एमाले शीर्ष नेता सहितको जिल्ला प्रतिनिधिले हलबाटै सर्वसम्मत अध्यक्षमा चयन गरेका हुन्।

उपाध्यक्षमा ईश्वरा पोखरेल, सचिवमा तोजबहादुर रायमाझी, उपसचिवमा शम्भु पोखरेल र भीम केसी सर्वसम्मत भएको एमाले कार्यालय सचिव लीला विकले बताए । अरु सदस्यमा पनि सबै सर्वसम्मत चुनिएको उनले बताए ।

निर्वाचित ९० सदस्यीयमध्ये ३० जना महिला चयन भएका छन् । निर्वाचित जिल्ला कमिटीको बैठकले पछि ९ जनालाई जिल्ला सदस्यमा मनोनित गरी ९९ जनाको जिल्ला कमिटी हुने विकले बताए ।

सर्वसम्मत चयन भएका अध्यक्ष भुसाल २०५४ सालको स्थानीय निकायको चुनावमा २५ वर्षको उमेरमा गाविस अध्यक्ष निर्वाचित भएका थिए । सुरुदेखि भुसाल केपी ओली निकट हुन् ।

एमाले केन्द्रीय सचिव टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज चन्द्रबहादुर खड्का, केन्द्रीय सदस्य तथा सहइन्चार्ज चेतनारायण आचार्य, पूर्वअध्यक्ष रामजीप्रसाद घिमिरे लगायत शीर्ष नेताको छलफलपछि जिल्ला कमिटी सर्वसम्मत चयन गरेका हुन् ।

नेकपा विभाजनपछि केपी ओलीतिर लागेका पूर्वमाओवादी नेता रायमाझी र खड्का समूहका पूर्वमाओवादीबाट सचिवमा तोजबहादुर र उपसचिवमा केसी चयन भए । यसअघिको पदाधिकारीमा तोजबहादुर पहिले पनि सचिव थिए । अरु सबै नयाँ अनुहार हुन् ।

प्रकाशित : २४ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६