प्रदेश

नेपाली कांग्रेस बाणगंगाको बैठक सम्पन्न, यस्ता भए निर्णय ।



नेपाली कांग्रेस बाणगंगा नगर कार्यसमितिको बैठक सम्पन्न भएको छ । चार नम्बर जितपुरमा बसेको बैठकले बिभिन्न महत्वपुर्ण निर्णय समेत गरेको छ । बैठकले नेपाली कांग्रेस बाणगंगाको कार्यलय चार नम्बर जितपुरमा रहेको ज्योति बिकास बैंकको तल्लो तल्लामा राखेर पार्टीका गतिविधि सञ्चालन गर्ने निर्णय गरेको नगरका सचिव गोबिन्द आर्चायले बताए ।

साथै बैठकले पार्टीका बिभिन्न भातृ सगंठन, शुभेच्छुक सस्थाहरु तथा पेशागत , बुद्धिजिवि , शिक्षा स्वास्थ्य तथा बित्तिय सघं सस्थाको समन्वय विभागको संयोजकको जिम्मा उप सभापति रमेश चन्द्र भुसाल, सुचना सञ्चार, त्यस्तै बैठकले तरुण विभागको संयोजकमा सुरेश केसिलाई जिम्मा दिएको छ । प्रचार प्रसार अभिलेख तथा कार्यालय ब्यवस्थापन विभागको संयोजकमा सचिव गोबिन्द आर्याय, प्राकृतिक स्रोत साधन, कृषी, भुमी बन वातावरण तथा बिपत ब्यवस्थापन विभागको संयोजकमा सचिवमा सुर्य प्रसाद बराल , गैर सरकारी सघं सस्था तथा सामाजिक बिकास समन्वय समिति बिभागको संयोजकमा उपसभापति भगवानदास चौधरी, आर्थिक स्रोत ब्यवस्थापन विभाग संयोजकमा कोषाध्यक्ष लक्ष्मण अधिकारी र मिडिया संयोजकमा पत्रकार अशोक पौडेललाई जिम्मेवारी दिइएको नगर सभापति बिष्णु थापाले बताए ।

बैठकले कोषाध्यक्षमा लक्ष्मण अधिकारी सहित १० जनालाई नगर सदस्यमा मनोनित समेत गरेको छ । मनोनित हुने सदस्यहरुमा मनिराम शर्मा, कविराज ज्ञवाली, रवि सापकोटा, पदम प्रताप सेन, तेज बहादुर पछाई, कमलेश कुमार रौतार, जुद्ध बहादुर सोमै, मित्रलाल कडेल, कपुर थारु, सुष्मा खाण रहेका छन । साथै बैठकमा बोल्दै नगर सभापति बिष्णु थापाले टोल टोलमा कांग्रेस जागरण अभियान सुरु गर्नुका साथै भावी योजनाका बारेमा आफनो बिचार राखेका थिए ।

प्रकाशित : २४ पुस २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६