प्रदेश

माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सीसीएमसीको निर्णय



काठमाडौं
२५ पुस/ कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । कोरोनाको संक्रमण रोकथामका लागि भन्दै सीसीएमसीले विद्यालय बन्द गर्ने सिफारिस गरेको हो ।

आइतबार बसेको सीसीएमसीको बैठकले विद्यालय बन्दको निर्णय गर्न सरकारलाई सिफारिस गरेको हो । त्यस्तै गृह मन्त्रालयलाई २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने व्यवस्थाका लागि सिफारिस गर्ने निर्णय पनि सीसीएमसीले गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव रामप्रसाद थपलियाले विद्यालय बन्द गर्ने सिफारिस भएको जानकारी दिए ।

यसअघि राज्यमन्त्री उमेश श्रेष्ठसहित सीसीएमसीका पदाधिकारीले सरोकारवालासँग छलफल गरेका थिए । विद्यालय बन्द गरेपछि कोरोना संक्रमणको चेन ब्रेक गर्न सहयोग पुग्ने अधिकारीहरूले बताएका छन् ।

त्यस्तै संक्रमणको अवस्था हेरेर प्रमुख जिल्ला अधिकारीले स्मार्ट लकडाउन गर्न सक्ने पनि सीसीएमसीको निर्णय छ ।

प्रकाशित : २५ पुस २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६