प्रदेश

‘संस्कृति संरक्षण र प्रवद्र्धन गर्न मिडियामा पहुँच हुन जरुरी छ’: उप–प्रमुख तारावती चौधरी




कपिलबस्तु, २६ पुस । थारु समुदायको भाषा, धर्म, संस्कृति संरक्षण र प्रवद्र्धन गर्न मिडियामा पहुँच हुन जरुरी रहेको जिल्ला समन्वय समिति कपिलबस्तुका उपा–प्रमुख तारावती चौधरीले बताउँनुभयो । उहाँले आईतबार थारु पत्रकार संघ नेपाल केन्द्रीय कार्यसमितिले आयोजना गरेको थारु जनप्रतिनिधीहरु संगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै यस्तो भन्नुभएको हो ।
जिल्ला समन्वय समितिका उप प्रमुख चौधरीले अझै थारु समुदायको भाषा, धर्म, संस्कृतिका कुराहरु उजगर हुन नसकेको भन्दै आफुहरु मिडियाकर्मी पत्रकार संग सहकार्य गर्दै जानुपर्ने धारण राख्नुभयो । उहाँले पत्रकार उत्पादन गरेर टिकाउन निकै चुनौती रहेको भन्दै एक आर्कावीच निरन्तर सहयोग र सहकार्य हुन जरुरी रहेको समेत बताउँनुभयो । चौधरीले अझैपनि कतिपय जनप्रतिनिधीहरु मिडियाकार्मी पत्रकारसंग सहकार्य हुननसक्द आफुहरुले गरेको समाजिक तथा संस्कृतिक गतिविधीहरु समेत सर्वसाधरण सम्म पुग्न नसकेको धररणा राख्दै थारु समुदायको उत्थान र विकासको लागि आफ्नो सधै सहयोग र सहकार्य सधैभरी रहने प्रतिवद्धता समेत गर्नुभयो ।
त्यस्तै शिवराज नगरपालिकाका उपमेयर शिव कुमारी थारुले आफुलाई यस स्थानमा ल्याउन मिडियाको ठुलो भुमिका रहेको बताउँनुभयो । उहाँले नगरपालिकाको उप प्रमुख जस्तो गरिमामय पदमा आइपुग्न मिडिया लगायत थारु पत्रकार संघको मुख्य भुमिका रहेको प्रशांस समेत गर्नुभयो । उहाँले थारु संस्कृति, परम्परा भेषभुषा र संस्कृतिलाई जगेर्ना गर्दै थारु समुदायको विभिन्न समाजिक कार्यहरु डिवहार, मरैया निमार्ण देखि थारु संग्रह निर्माणमा आफ्नो विशेष भुमिका रहेको बताउँनुभयो ।
कपिलबस्तुको ४ नम्बार होटल माछापुछ्रेमा थारु पत्रकार संघका केन्द्रीय अध्यक्ष सन्तोष दहितको अध्यक्षता, सचिव कमल चौधरीको स्वागत रहेको कार्यक्रममा थारु पत्रकार संघका सल्लाहकार लक्की चौधरी, बाणगंगा नगरपालिका १० का वडा अध्यक्ष राम विहारी थारु, थारु कल्याणकारी सभ जिल्ला अध्यक्ष उमाशंकर चौधरी, ऋषिराम थारु, दुर्गा अर्याल लगायतले बोल्दै थारु समुदायको भाषा, धर्म, संस्कृतिको प्रचार प्रसार गर्न मिडियाको ठुलो भुमिका रहेको बताउँनुभयो ।
थारु पत्ररकार संघ केन्द्रीय कार्य समितिको अयोजना तथा थारु पत्रकार संघ जिल्ला कार्य समितिको समन्वयमा सम्पन्न उक्त कार्यक्रम महासचिव सन्तकुमार चौधरीको संचालन रहेको थियो । त्यस्तै थारु पत्रकार संघ केन्द्रीय कमितिको बसेको बैठकले संघको विधान संशोधन मस्यौदा तयार गरेको छ । मस्यौदा समितिद्वारा प्रस्तुत दस्तावेजमा छलफल गरी केन्द्रीय कमिटीले पारित गरेको छ । त्यस्तै केन्द्रीय महाधिवेशन चैत्र १२ र १३ गते नवलपुरमा गर्ने केन्द्रीय महासचिव सन्तकुमार चौधरीले जनकारी दिनुभयो ।

प्रकाशित : २६ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६