अर्थ-वाणिज्य

रकम हिनामिनामा मुछिएको कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताले गरे जिल्ला प्रशासन घेराउ




कपिलबस्तु, २६ पुष । कपिलबस्तुको तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । बचतकर्ताहरुको रकम हिनामिना भएपछि २ बर्षदेखि अदालतमा मुद्धा चलि रहेको छ । कुनै निर्णय नआएपछि बचतकर्ताहरुले जिल्ला प्रशासन घेराऊ गरी अन्दोलन गरेको बचतकर्ता दुगेश पान्डयेले बताए ।

करीब ४ सय २० बचतकर्ताहरु पैसा सहकारी फसेको छ । अदालतबाट २ बषेदेखि कुनै फैसला नभएपछि बचतकर्ताहरुले जिल्ला प्रशासनमा घेराऊ गरी आफ्नो पैसा माग गरेका छन् ।
संस्थाको १२ करोड हिनामिना गरेको आरोपमा ५३ जना विरुद्ध जिल्ला अदालतमा मुद्ध दायर भएको छ । ११ करोड ९९ लाख ५३ हजार ८ सय २६ रुपैया ठगी भएको भन्दै रकम अपचलन गरि ठगी गरेको तथा संगठित अपराध मुद्दा दायर गरेको हो ।

ठगी गरेको अरोपमा ४ जनालाई अदालत पेश गरेकोछ । महिताका राजेशकुमार कान्दु, कालिकाटोलका श्रवणकुमार तेली, चोकबजारका अविनाशदेब पाण्डे र मालटोलका राकेशकुमार ठाकुरलाई अदालतमा अदालत पुर्पक्षमा राखेर मुद्दा चलाउने भनेर जिल्ला अदालतले आदेश गरेका थियो।

प्रकाशित : २६ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६