कपिलवस्तु, २६ पुष ।
कपिलवस्तुमा माघीको रौनक शुरु भएको छ । थारू समुदायको नयाँ वर्ष २०७८ र महान पर्व माघी कपिलवस्तुका घर घरमा खानपिन सहित हर्सोउल्लासका साथ मनाउने चलन छ । बाणगंगा नगर स्तरिय माघि खिचडि महोत्सव माघ २ देखि ३ दिन सम्म हुने भएको छ । चौथो बाणगंगा नगर स्तरिय माघि खिचडि महोत्सव कपिलधाममा गर्न लागिएको पत्रकार सम्मेलन मार्फत जानकारी गराईएको छ ।
थारु समुदायमा माघ १ गते नयाँ वर्ष मनाउने र वर्षभरि भएका गतिविधिका समिक्षा गर्ने नयाँ अगुवा वड्घर तथा चौकिदार चुन्ने दिनका रुपमा पनी परिचित रहेको थारू कल्याणकारी सभा केन्द्रिय कार्य समितिका पुर्व केन्द्रिय सदस्य भोजराज थारुले बताए । थारू कल्याणकारी सभाले संस्कृतिको जगेर्ना गर्न युवाहरुलाई विभिन्न तालिमहरु प्रदान गरेको उनले जानकारी दिए ।
यसै अवसरमा कपिलवस्तुका थारु समुदायहरुले ठाँउ ठाउँमा महोत्सवको आयोजना गरेका छन् । भाषा कला संस्कृर्तीको जर्गेर्ना गर्न महोत्सवको आयोजना गर्न लागेको मुल आयोजक समितिका संयोजक भग्गु प्रसाद थारुले बताएका छन् । जिल्लाको वाणगङ्गा नगरपालिका वडा न.९मा पर्ने कपिलधाममा मेला लाग्ने थारू कल्याणकारी सभा बाणगंगा नगर समिति कपिलवस्तुले जनाएको छ ।
महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका पर्यटन मन्त्री डिल्ली बहादुर चौधरी थारुले गर्ने आयोजकले जनाएको छ ।
थारु जातीको कला, संस्कृति, भेष भुषाको संरक्षणमा टेवा पुर्याउने तथा कपिलधामको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उद्धेश्यका साथ यस बर्ष कपिलधाम प्रांगणमा महोत्सव संचालन हुने अध्यक्ष थारुले बताउनुभयो । महोत्सवमा थारु जातीको कला संस्कृतिको प्रदर्शनी, थारु जतिको संस्कृति झल्किने झर्रा, झुमरा, मयुर नाच, लाठी नाच, थारुजातीको विभिन्न हस्तकलाको प्रदर्शन लगाएत थारु जातीको विभिन्न खानाका परिकारहरुको समेत प्रदर्शन गरिने पुर्व केन्द्रिय सदस्य भोजराज थारुले जानकारी दिनुभयो । त्यसैगरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेने आयोजकले जनाएको छ ।
माघी थारु जातीको सबै भन्दा ठुलो चाड र नया वर्ष रहेकाले पनि थारु समुदायले माघिलाई धुमधामका साथ मनाउने गर्दछन् । यद्धपि पछिल्लो समय कोरोना संक्रमणदर बढी रहेकाले नेपाल सरकारको निर्णय अनुसार नै कार्यक्रमलाई अगाढी बढाईने बताइएको छ ।
मिडिया संयोजक कमल चौधरीको संचालनमा भएको पत्रकार सम्मेलनमा थारु कल्याणकारीणी सभा जिल्ला कार्यसमिती सल्लाहकार महादेव चौधरी थारुले माघिको महत्वको बारेमा प्रकाश पार्नु भएको थियो भने नगर कार्य समिती सचिव ऋषीराम थारुको स्वागतमा कार्यक्रम सम्पन्न भएको हो ।
प्रतिक्रिया