जीवनशैली

देश परायाहरुको खेल मैदान बन्यो : ज्ञानेन्द्र शाह



काठमाडौं २६ पुस । पूर्वराजा ज्ञानेन्द्र शाहले देश परायाहरुको खेल मैदान बनिसकेको खतराको अनुभूति हरेक नेपालीले गरिराखेको बताएका छन् ।
३०० औं पृथ्वी जयन्तीका अवसरमा एक शुभकामना सन्देश दिंदै उनले यस्तो बताएका हुन् । उनले गणतन्त्रप्रति घुमाउरो तरिकाले अब यसको विकल्प खोज्न ढिला गर्न नहुने संकेत गरेका छन् ।

भनेका छन्, ‘सबैभन्दा उन्नत दाबी गरिएको तन्त्रमा जनताले सास्ती र राष्ट्रले अस्तित्वप्रति नै चिन्ता गर्नुपर्ने परिस्थिति बन्दछ भने त्यस्तो तन्त्रमा अभ्यासको व्यर्थ प्रयासमा समय बर्बाद गर्न नहुने निष्कर्षमा पुग्न विलम्ब गरिनु हुँदैन ।’

उनले राष्ट्रियताका आधारहरुमाथि प्रहार भई देशको अस्तित्वसमेत संकटमा पारेको यस स्थितिमा एकताको महत्व र बडामहाराजधिराजका योगदान एवम् दिव्य उपदेशको सान्दर्भिकता थप बढेको महसुस भएको बताएका छन् ।

प्रकाशित : २६ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६