अर्थ-वाणिज्य

कोभिड-१९ को कारण चितवन महोत्सव स्थगित



चितवन २६ पुस -जिल्ला कोभिड-१९ व्यवस्थापन समितिले चितवनमा सोमबारदेखि सुरू हुन लागेको रत्ननगर महोत्सवमा रोक लगाएको छ।कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै रत्ननगर महोत्सवलाई स्थगित गर्न निर्देशन दिइएको हो।शनिबारदेखि सुरू भएको चितवन महोत्सवलाई भने बन्द गर्न दुई दिनको समय दिइएको छ।

आइतबार बसेको जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले सोमबारभित्रमा सबै व्यवस्थापन मिलाएर मंगलबारदेखि पूर्णरूपमा बन्द गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए।

सोमबार बिहान ६ बजेदेखि २५ जनाभन्दा बढी उपस्थित भई कुनै पनि गतिविधि गर्न नपाइने निर्णय बैठकले गरेको छ।

रत्ननगर महोत्सवको सोमबार गृह मन्त्री बालकृष्ण खाणले उद्घाटन गर्ने कार्यक्रम थियो। चितवन महोत्सवको शनिबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले उद्घाटन गरेका थिए। कोरोना संक्रमण बढ्दै जाँदा चितवनमा स्थानीय तहकै प्रवर्द्धनमा महोत्सव आयोजना गरेर भीड जम्मा गर्ने प्रतिस्पर्धा भएको भन्दै विरोध भइरहेको थियो।

सरकारले विद्यालय बन्द गर्दासमेत महोत्सव चलेको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएपछि प्रशासन दबाबमा परेको थियो।जिल्ला कोभिड-१९ व्यवस्थापन समितिको बैठकले देवघाटमा लाग्ने माघे संक्रान्ति मेला पनि स्थगन गर्न निर्देशन दिएको छ।

बैठकले सरकारी कार्यालय, उद्योग, कलकारखाना, बैंक तथा वित्तीय संस्थाहरूलाई जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरेर सेवा दिन निर्देशन दिएको छ।

प्रकाशित : २६ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६