बुटवल २६ पुस । लुम्विनी प्रदेशका जनप्रतिनिधिहरुले स्थानीय तह र प्रदेश सरकार बिच प्रभावकारी समन्वय हुन नसकेको गुनासो पोखेका छन।
बुटवलमा प्रदेश समन्वय समितिमको दोश्रो बैठकमा बोल्दै प्रदेश र स्थानीय सरकार बिच समन्वय हुन नसक्दा विकास निर्माणका काम र अनुगमनमा प्रभाव परेको बताएका छन।
लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आयोजना गरेको बैठकमा दाङको बगलाचुली गाउँपालिकाका उपाध्यक्ष यमुना थापाले स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीको समन्वयनको अभाव हुँदा योजनाहरु भताभुङ्ग हुने गरेको गुनासो गरिन।
उनले समन्वयनको अभाव हुँदा बजेट खर्चका विषय पनि अन्यौंलता सिर्जता भएको गुनासो गरिन।
तानसेन नगरपालिकाका उपप्रमुख लक्ष्मीदेवि पाठकले पालिकामा हुने विकास निर्माण तथा योजनाहरुको प्रभावकारी अनुगमनको आवश्यकता रहेको बताइन।
पाठकले जनप्रतिनिधि र कर्मचारीको समन्वयन हुन नसक्दा विकास निर्माणका कामहरुसँगै सेवा पनि प्रभावित हुने गरेको बताईन।
बैठकमा जनप्रतिनिधिहरुको गुनासो सुनेपछि मुख्यमन्त्री कुलप्रसाद केसीले तीन तहका सरकार बिच समन्वयनकारी भूमिका खेल्नु पर्ने र गर्दै आएका कामहरुको परिमार्जनको आवश्यकता रहेकोमा जोड दिए।
उनले देशमा संघीयताको अभ्यास हुँदै गर्दा अझैं पनि परम्परागत शैलीहरु अपनाईएको उँहाले बताउँदै यसको परिमार्जन गर्नु पर्ने बताउदै सरकारी कार्यक्रमहरु औपचारिकतामा मात्र सीमित भएको बताए।
प्रदेशका मुख्य सचिब डिल्लीराम शर्माले जनप्रतिनिधि र कर्मचारीले आफ्नो सिमामा रहने सके अहिले देखका परेका समस्याको समाधान हुने बताउदै प्रभावकारी सेवा र विकास निर्माण सञ्चालनका लागि जनप्रतिनिधि, कर्मचारीले कसैलाई दोष देखाएर उम्कन नहुने उल्लेख गरे।
बैठकमा मन्त्रालयका सचिब तथा स्थानीय तहका उपप्रमुखहरुको सभागिता रहेको थियो ।








प्रतिक्रिया