जीवनशैली

बाँकेमा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा स्थानीय बासिन्दा त्रसित



बाँके
२६-पुस  बाँकेको राप्तीसोनारी गाउँपालिकामा आतङ्क मच्चाइरहेको बाघलाई नियन्त्रणमा लिन नसक्दा स्थानीय बासिन्दा त्रसित भएका छन् । बाघले दिनहुँ आतङ्क मच्चाइरहेको छ । बाघले दुई दिनको अन्तरालमा राप्तीसोनारीमा दुई महिलाको ज्यान लिनुका साथै स्थानीयवासीलाई आक्रमणको प्रयास गरेको जनाइएको छ ।

राप्तीसोनारी-६ फत्तेपुरका लालबहादुर थापाले बाघले विगत एक हप्तादेखि राप्तीपारीमा रहेको बैजापुर, बिनौना र फत्तेपुरको जङ्गलभित्र मान्छे र पशु चौपायामाथि निरन्तर आक्रमण गर्दै आएको जानकारी दिए । बाघको शृङ्खलावद्ध आक्रमण नरोकिएपछि राप्तीपारीका स्थानीय बासिन्दा अहिले निकै त्रसित भएका छन् ।

बाघको आक्रमणबाट शनिबार राप्तीसोनारी-६ फत्तेपुरकी २९ वर्षीया चाँदनी थारु र बिहीवार राप्तीसोनारी ४ पर्सोनाकी ५३ वर्षीया लिला विष्टको ज्यान गएको थियो । बाघको आक्रमणबाट बाँकेमा तीन महिनायता चार जनाको ज्यान गइसकेको छ । यसअघि राप्तीसोनारी-१ गाभर र नरैनापुरमा एक/एक जनाको ज्यान गएको थियो ।

बाघको निगरानी गर्न बाँके राष्ट्रिय निकुञ्जले तीन दिनयतादेखि राप्तीपारी क्षेत्रमा दुई हात्तीसहित कर्मचारी तथा सुरक्षाकर्मी परिचालन गरेको छ । बाघले आतङ्क मच्चाइरहेको ठाउँ राष्ट्रिय तथा सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने भएकाले डिभिजन वन कार्यालय बाँकेका कर्मचारी पनि परिचालित भएका छन् ।

राप्तीसोनारी-५ का वडाध्यक्ष झगरु थारुले बाघलाई नियन्त्रणमा आउन नसक्दा नागरिकमा त्रास फैलिएको बताउनुभयो । धेरैजसो नागरिक कृषि पेसामा आबद्ध रहेकाले वन, जङ्गलभित्र प्रवेश गर्नु उनीहरुको बाध्यता रहेको वडाध्यक्ष थारुको भनाइ छ । राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले बाघलाई चाँडोभन्दा चाँडो नियन्त्रणमा लिएर जनतालाई त्रासमुक्त गर्न आफूले सम्बन्धित निकायसँग बारम्बार आग्रह गरिरहेको बताए ।

प्रकाशित : २६ पुस २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६