प्रदेश

३ सय औँ पृथ्वीजयन्तीको अवसरमा बाणगंगामा स्रष्टा सम्मान तथा कृति विमोचन ।




कपिलवस्तु, पुस २७
आज पृथ्वीजयन्ती एवम् राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । हरेक वर्ष पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्ती विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ । विक्रम सम्वत् १७७९ पुस २७ मा गोरखामा जन्मेका पृथ्वीनारायण शाहको यो तीन सयऔँ जन्मजयन्ती हो ।
सोहि अवसरमा बाणगंगा सामुदायिक पुस्तकालयको आयोजना तथा दधि स्मृति साहित्य समाज कपिलवस्तुको सहआयोजनामा स्रष्टा सम्मान तथा कृति विमोचन कार्यक्रम सम्पन्न गरिएको छ । दिलिप कार्कीले रचना गरेको अनुभव र अनुभूति कविता संग्रह र कविता अधिकारीले रचना गरेको कविताको कविता संग्रह विमोचन गरिएको छ । अनुभव र अनुभूति कविता संग्रहमा राष्ट्रियता, आमाको माया, जीवनका भोगाईहरु समावेश गरिएको छ । त्यस्तै कविताको कविता संग्रहमा आमा, किसान, महिला हिंसा, बाल अधिकार, गरिबको पिडा, वीर पुर्खा लगायतका शिर्षकका कविताहरु समावेश गरिएको छ ।
पिस हिमालय रिसोर्टमा सम्पन्न कार्यक्रममा साहित्यको माध्यमबाट गरेको योगदानको कदर गर्दै स्रष्टालाई सम्मान गरिएको थियो । सम्मान हुनेहरुमा पशुपति मणि त्रिपाठी, राघवेन्द्रलाल श्रीवास्तव रहनुभएको छ भने स्व.दधिराम सापकोटाका श्रीमतीद्धयलाई मरणोपरान्त सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले साहित्यको माध्यमबाट देशमा रहेका विसंगति र विकृतिको अन्त्य गर्नुपर्नेमा जोड दिन आवश्यक रहेको बताएका थिए ।
कार्यक्रममा वक्ताहरुले गजल, मुक्तक, कविता लगायतका रचनाहरु वाचन गरेका थिए । बाणगंगा सामुदायिक पुस्तकालयका अध्यक्षद्धय दिलीप कार्की र दोलख बहादुर पछाईंको संयुक्त अध्यक्षता, धवल पुस्तकालयका पाल्पाका अध्यक्ष युवराज पौडेलको प्रमुख आतिथ्यता, रहेको कार्यक्रममा संस्थाका सचिव बुद्धिसागर बेल्बासेको स्वागत रहेको कार्यक्रम चन्द्रकान्त न्यौपानेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित : २७ पुस २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६