खोज–अनुसन्धान

हत्या अभियोगमा २ वर्ष कारागार बसेपछि नसिमले पाए सफाई




कपिलवस्तु २८ पुस । बिगतको शशस्त्र द्वन्दमा ब्यक्ति हत्या गरेर सत्तासिन भएका माओवादी नेताले राजकाज चलाई रहदा त्यस्तै प्रकृतीको अभियोगमा कारागारमा सजाय काट्न वाध्य कपिलवस्तुका नसिम खान (वादशाह)ले ढिलै भएपनि सफाई पाएका छन् । हत्या तथा ज्यान मार्ने उद्योग, डकैती लगायतका आरोपमा विपक्षी बनाएर मुद्दा दायर गरिएका नसिम (बादशाह) ले जिल्ला अदालत कपिलवस्तुबाट सफाई पाएका हुन् । जिल्ला न्यायाधीश जवाहिर सिंहको इजलासले नसिम खान र उनीसँग जोडिएका सबैलाई सफाइ दिएको हो । बादशाह कपिलवस्तु मायादेवी गाउँपालिका–४ का निवासी हुन् भने उनकी श्रीमती लुम्बिनी प्रदेश सभा सदस्य छिन् ।
जिल्ला अदालत कपिलवस्तुले ८ जनाको हत्या आरोपित बादशाहलाई अभियोग दावी नपुगेको भन्दै सफाइ दिएको हो । उनीमाथि आठ जनाको हत्या, एक ज्यान मार्ने उद्योग र डाँका मुद्दा चलाइएको थियो । माओवादी जनयुद्धका क्रममा तत्कालीन सरकारको समर्थनमा कपिलवस्तुमा चलाइएको माओवादीविरुद्धको प्रतिकार समितिका मुख्य नाइके नसिमले त्यसबेला माओवादी कार्यकर्ताको हत्या गरेको आरोप लागेको थियो । ब्यक्ति हत्याको अभियोग लागेर अदालतमा मुद्धा विचाराधीन रहेका अग्नी सापकोटा यो देशका सभामुख छन् । तर शसशस्त्र मधेस विद्रोहका एक सैन्य कमाण्डर नसिम भने हत्या अभियोगमा २ वर्ष कारागार बसेर बल्ल सफाई पाएका छन्।
चार जना माओवादी कार्यकर्ता, दुई जना बालबालिका र एक जना कर्मचारीको हत्या आरोपित नसिमलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले २ वर्षअघि काठमाडौँबाट पक्राउ गरेको थियो । त्यसपछि उनलाई कपिलबस्तु ल्याएर मुद्दा चलाइएको थियो ।

प्रकाशित : २८ पुस २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६