खोज–अनुसन्धान

एकैदिनमा देशभरमा ८ जना मृत फेला :के हो वास्तविकता ?




रुपन्देही २९पुस । काठमाडौंमा दुईसहित देशभर बुधबार आठ जना मृत फेला परेका छन् । काठमाडौंसहित सङ्खुवासभा, नवलपरासी ९पश्चिम०, ताप्लेजुङ, तेह्रथुम, सिरहा, नवलपरासी ९पूर्व० मा यसरी मानिसको मृत्यु भएको हो ।प्रहरीका अनुसार काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित गेष्ट हाउसमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–९ बस्ने ५० वर्षीय हर्कबहादुर गिरी बुधबार मृत भेटिएका हुन् । सोमबारदेखि गेष्ट हाउसमा बस्दैआएका गिरी आफू बसेकै कोठाभित्र मृत फेला परेका थिए ।

यस्तै काठमाडौं महानगरपालिका–३२ कोटेश्वरमा पार्किङ गरी राखिएको पुरानो माइक्रोबसभित्र २२ वर्षीय एक पुरुष पनि मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।यसैबीच सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ डडारे बस्ने ४० वर्षीय महेश राई पनि मृत भेटिएका छन् । बिरामी भई डडारेस्थित जगत राईको घरमा सुतेका उनको शव बरण्डामा फेला परेको प्रहरीले जनाएको छ । उक्त घटनाको अनुसन्धानका लागि प्रहरीले एक जनालाई पक्राउ समेत गरेको छ ।
यस्तै नवलपरासी ९पश्चिम०, बर्दघाट नगरपालिका–५ बस्ने २८ वर्षीय दिनेश थारु घर नजिकैको खेतमा मृत भेटिए भने नवलपरासी ९पूर्व०, मध्यबिन्दुस्थित नारायणी नदीको भङ्गालोमा अर्का एक पुरुष मृत भेटिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।ताप्लेजुङ, सिरिजङ्घा गाउँपालिका–५ पेदाङ बस्ने ६७ वर्षीय टीकाराम राई पनि आफ्नै घर नजिकै मृत भेटिएको प्रहरीले जनाएको छ । मिलमा गएका राई बेलुका अबेरसम्म नफर्किएपछि खोजी गर्ने क्रममा शव फेला परेको बताइएको छ।सिराहामा पनि यस्तै अर्को घटना भएको छ । सिरहाको मिर्चैया नगरपालिका–७ भालुखोलाको किनारमा परिचय खुल्न नसकेकी करिब ४० वर्षीया महिला मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सबै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित : २९ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६