जीवनशैली

म्याद नाघेर फालिएको जुस खादा बालबालिका बिरामी



तुलसीपुर
२९-पुस ।  तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बुढागाउँका शरोज चौधरीका ८ वर्षीय छोरा प्रशन्न चौधरी एक्कासी बिरामी परे । उनलाई उल्टी हुने, ज्वरो आउने समस्या देखियो । प्रशन्नसंगै उनीसंग संगै खेलेका साथीहरु पनि बिरामी परे उनीहरुलाई पनि प्रशन्नमा भएकै लक्षण देखियो । एउटै गाउँका तीन जना बालक संगै बिरामी परेपछि उनीका परिवारले बालकहरुसंग सोधखोज गरे । त्यसपछि ति बालककले म्याद नाघेको जुस खाएको कुरा पत्ता लाग्यो । ति बालकहरु तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ रानीघाटमा म्याद नाघेर फालिएको जुस खाएको ति बालकहरुले बताएका छन् ।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ को रानीघाटमा म्याद नाघेको जुसहरु यत्रतत्र फालिएको छ । करिब एक साता पहिले म्याद नाघेका जुसहरु त्याँहा कस्ले फाल्यो भन्ने स्थानीयहरु कसैले नदेखेको बताउँछन् । यसरी फालिएको जुसहरु बालबच्चाहरुले खान थालेका छन् । यसरी म्याद नाघेको जुसहरु खाएर बालबालिका बिरामी समेत परेका छन् । स्थानीय सुन्दर चौधरीले म्याद नाघेर खोलामा फालिएको लिच्ची जुस, म्याङगो, ओरेन्ज जुसहरु खाएर बालबालिकाहरु बिरामी परेको बताए । उनले त्यही जुस खाएर आफ्नो नाति पनि बिरामी परेको बताए । ‘मेरो नाती बिरामी पर्यो, के भयो भनेर बुझ्दा फालेको जुस खाएको रहेछ उनले भने’–मेरो नातीसंगै जुस खाएका गाउँका अन्य दुईजना बालक पनि बिरामी पर’े । फालिएको जुस खाएसंगै बच्चामा ज्वरो आउने उल्टी हुने गरेको चौधरीले बताए ।

म्याद नाघेको जुस व्यापारी तथा कम्पनी कस्ले लगेर फालेको हो भन्ने थाहा नभए पनि व्यापारीहरु तथा जुस उत्पादन गर्ने कम्पनीहरु पनि नैतिक जिम्मेवार बन्नु पर्ने बताए । बालबालिकाहरुलाई म्याद नाघेर फालेको बस्तु हो भन्ने बुझ्दैनन, जुस हो भन्छन् खान्छन् त्यो कुरा व्यवसाय गर्नेहरुले बुझ्नु पर्ने बताए । त्यसको लागि स्थानीय तहको सरकारले पनि ध्यान दिनु पर्ने बताए । म्याद नाघेका बस्तुहरु विश्रजनको व्यवस्था गर्नु पर्ने बताए । यता तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ का वडाध्यक्ष टोप बहादुर केसीले खोलामा जुसहरु फालिएको बारेमा आफुलाई कुनै जानकारी नआएको बताए । उनले आफुले त्यहाँ बुझेर फालिएका जुसहरु व्यवस्थापन गर्न पहल गर्ने बताए ।

प्रकाशित : २९ पुस २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६