काठमाडौं १ माघ । नेपालले अफगानिस्तानलाई मानवीय सहायता सामग्री पठाउने भएको छ । आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जान लागेको हो ।
परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् । यस विषयमा विस्तृतमा जानकारी भने परराष्ट्र मन्त्री डा. नारायण खड्काले आइतबार विहान आयोजित पत्रकार सम्मेलनमा दिने उनले बताइन् ।
अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल विद्रोही संगठन तालिबानले त्यहाँ शासन सञ्चालन गरिरहेको छ । अफगानिस्तानमा तालिबानले शासन सञ्चालन गर्न थालेपछि ठूलो मानवीय संगठन देखिएको समाचारहरु सार्वजनिक भएका छन् ।
प्रतिक्रिया