जीवनशैली

जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा आमाछोरा पक्राउ



बारा ३ माघ -एक बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा बारा प्रहरीले एकै परिवारका आमाछोरालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा जिल्ला बारा आदर्श कोतवाल गाउँपालिका–८ टोल कोतवाली निवासी २० वर्षीय छोरा सन्तोष साह कानु र ४० वर्षीय आमा शान्ति देवीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

बारा आदर्श कोतवाल गाउँपालिका–७ की नौ वर्र्षीया बालिकालाई जबर्जस्ती करणी गरी हत्यामा संलग्न रहेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको छ । गत पुस २७ गते गाउँपालिका–७ स्थित जमुनीखोलामा बालिकाको शव फेला परेको थियो ।

प्रकाशित : ३ माघ २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६