अर्थ-वाणिज्य

कपिलवस्तुको शिवगढीमा बि पि स्मृति भवनको शिलान्यास



कपिलवस्तु ४ माघ – शिवगढीमा बि पि स्मृति भवनको शिलान्यास गरिएको छ ।शिजगढीकाे बनियाभार निवासी ईश्वर गिरीले उपलब्ध गराउनु भएको जग्गामा लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचर्यले द्विप प्रज्वलन गरि शिलान्यास गर्नु भएको हो ।   कार्यक्रममा अन्तर्राष्ट्रिय बि जि कराते प्रतियोगिता र स्थानीय तथा प्रदेश स्तरका प्रतियोगितामा सहभागी भई बिजयी भई नगरपालिका र देशको नाम उच्च राख्न सफल भएका खेलाडीलाई सम्मान गरेको छ ।                     कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री सुरेन्द्रराज आचर्यले अन्तर्राष्ट्रिय ,प्रदेश र स्थानीय स्तरमा आफ्नो कला देखाई नगर र देशको छवि उच्च राख्न सफल भएका सम्पुर्ण खेलाडीलाई बधाई तथा शुभकामना दिनु भएको थियोे । त्यस्तै जग्गा उपलब्ध गराई सहयोग गर्ने ईस्वर गिरि प्रती अभार पनि प्रकट गर्नु भयो ।अत्यन्तै जटिल समयमा समेत आफ्नो ज्यानको प्रवाह नगरी पार्टीको अस्तित्व जोगाउन भुमिका खेल्नहरुलाई सम्झदै उहाहरुको प्रसंशा समेत गर्नु भयो ।त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै महाधिवेशन प्रतिनिधि जम्सेद अलि मियाले नगर र देशको पहिचान गराउन देशको छवि उच्च राख्न भुमिका खेलेको खेल क्षेत्रलाई सम्मान गरेर मात्र नपुग्ने भन्दै उनिहरुको अर्थिक अवस्था कस्तो छ खेलाडीलाई यसै क्षेत्रमा कसरी निरन्तरता गराउन सकिन्छ भन्ने विषयमा पनि सोच्न जरुरी रहेको बताउनु भयो ।आवस्यक कोहि इच्छुक भए केही खेलाडीहरुलाई रोजगारी समेत दिन तयार रहेको जानकारी समेत मियाले दिनुभयो ।भवन निर्माणका लागि १ हजार ईटा समेत उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनु भयो।             कार्यक्रममा ईकाई कमिटी अध्यक्ष हरि श्रेष्ठ ,जिल्ला सभापति हुमाकन्त खनाल ,प्रदेश ५ ख सभापति ब्राह्मनन्द उपाध्याय ,भुवनेस्वर मिश्र ,राजु उपाध्याय ,अजय मणि त्रिपाठी ,लगायतले सम्बोधन गर्नु भएको थियोे ।भवनलाई छिटो निर्माण गर्न सबैले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६