जीवनशैली

साझाले शुरु गरयो ३ करोड लगानीमा हेमोडायलासिस सेवा




बुटवल ४ माघ । मिर्गाैला रोगीहरुका लागि साझा हस्पिटल प्रालि बुटवलले तीन करोड लगानीमा हेमोडायलाइसिस सेवा सञ्चालनमा ल्याएको छ । ओमसाई पाथिभरा हस्पिटल भद्रपुर झापासँगको सहकार्यमा हाल ८ वटा मेशिनबाट हेमोडायलाइसिस शुरु गरिएको हो । सेवाको अस्पतालका अध्यक्ष गोविन्द खनालले सोमबार उद्घाटन गर्नु भएको छ । मिर्गौलाका विरामीहरु दिन प्रतिदिन बढिरहेको सन्दर्भमा विरामीहरुलाई सुलभ उपचार दिने उद्देश्यले भविष्यमा ५० वटा मेसिन पु¥यायने लक्ष्य सहित सेवा शुरु गरिएको अध्यक्ष खनालले बताउनुभयो ।
नियमित डायलासिस गराउनुपर्ने बिरामीहरुले सर्वसुलभ सेवा पाउन नसक्दा बाहिर जानुपर्ने बाध्यता थियो । जसका कारण बिरामीहरुमा उच्च आर्थिक व्ययभार पर्ने भएकाले निःशुल्क सेवा उपलब्ध गराउने उहाको भनाइ छ ।सेवालाई पूर्ण निःशुल्कका लागि प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय समक्ष प्रक्रिया अगाडि बढाइसकिएको अस्पतालका सञ्चालक डा. विनोद पराजुलीले बताउनुभयो । यस्तै अस्पतालले सोमबारदेखि एनआईसीयू र यूरो सर्जरी सेवा पनि शुरु गरेको छ ।्

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६