प्रदेश

बाणगंगामा सञ्चालित एकीकृत घुम्ति शिविरको प्रमुख प्रशासकीय अधिकृत पन्थीद्धारा अनुगमन




हरि घिमिरे, ०४ माघ ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले पौष २५ गते देखि एकीकृत घुम्ति शिविरको सञ्चालन गरेको छ । बाणगंगाका सबै वडाका नागरीकले सेवा लिने गरि शिविर सञ्चालन गरीएको हो । आठौं दिन वडा न. ५मा सञ्चालीत भएको शिविरको बाणगंगामा भर्खर मात्र आएका प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीले अनुगमन गरेका छन् । अनुगमनमा पन्थीले प्रचार प्रसार कम भएकाले सेवाग्राहि कम भएको बताए । उनले तिव्र प्रचार गरेर नगरवासिलाई सेवा दिन टोल विकास सस्थालाई जानकारी गराउन आग्रह गरे । विभिन्न सेवा प्रवाहका साथ सञ्चालन भएको शिविरबाट राजस्व शाख तथा घरेलु तथा साना उद्योग शाखाबाट दिईने सेवा, योजना शाखा तथा भौतिक पुर्वाधार विकास शाखाबाट दिईने सेवा, महिला बालावालिका तथा जेष्ठ नागरिक शाखाबाट दिईने शेवा, कृषि विकास शाखाबाट दिईने सेवा, पशु सेवा शाखा बाट दिईने सेवा, स्वास्थ्य शाखाबाट दिईने सेवाहरु घुम्ति शिविरबाट प्रवाह भएका छन । प्रत्यक वडाहरुमा दुई दुई दिन सेवा प्रवाह भएको नगरपालिकाले जनाएको छ । एकिकृत घुम्ति शिविर माघ १६ गते सम्म चल्ने छ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६