अर्थ-वाणिज्य

अब पाँच उद्योगले कहिले दिने त उखु किसानलाई ७ करोड ६० लाख ७९ हजार भुक्तानी ?



काठमाडौं ४ माघ । उखु किसानलाई पाँचवटा चिनी उद्योगले ७ करोड ६० लाख ७९ हजार १३० रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको गृह मन्त्रालयले जनाएको छ । पाँच वर्षअघि मिललाई उखु बिक्री गरेका किसानहरुले अझै भुक्तानी नपाएका हुन् ।

उखुको बक्यौता नपाएको भन्दै किसानहरुबाट गुनासो आएपछि मन्त्रालयले पुस २० गते चिनी उद्योग भएका विभिन्न जिल्ला प्रशासन कार्यालयसँग भुक्तानी विवरण मागेको थियो । उक्त विवरणअनुसार अन्नपूर्ण सुगर एण्ड जनरल इण्डष्ट्रिज सर्लाहीले ३ करोड १३ लाख ९१ हजार, श्रीराम सुगर मिल रौतहटले तीन करोड १२ लाख ६ हजार र हिमालय सुगर मिल्स सिरहाले २४ लाख १९ हजार रुपैयाँ किसानलाई भुक्तानी दिन बाँकी छ ।

यस्तै नवलपरासीको लुम्बिनी चिनी उद्योगले ४ लाख २० हजार र इन्दिरा सुगर एण्ड एग्रो इण्ड्रस्टिजले एक करोड ६ लाख ५९ हजार रुपयाँ किसानलाई भुक्तानी दिन बाँकी छ ।

प्रकाशित : ४ माघ २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६