प्रदेश

जाडो याममा बिपन्नलाई सिरक बाड्दै बुद्धभुमी




कपिलवस्तु, ०५ माघ ।
जाडो बढदै गए पछि बुद्धभुमी नगरपालिकाले बिपन्न परिवारलाई सिरक दिएको छ । १० वटा बार्ड रहेको नगरपालिकामा बुधवार वडा नम्बर १ र ४ मा ३९ जना बिपन्न परिवारलाई सिरक दिएको हो ।

नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ र वडा नम्बर १ का अध्यक्ष तिलक बहादुर बस्नेतले वडा नम्बर १ मा २४ जनालाई सिरक हस्तान्तरण गर्नु भएको थियो । यस्तै वडा नम्बर ४ मा मेयर श्रेष्ठ र वडाध्यक्ष पवन कुमार चौधरीले १५ जा बिपन्न परिवारलाई सिरह हस्तान्तरण गर्नु भएको थियो । मेयर श्रेष्ठले शीत लहर बढेसंगै जाडो बढदै गए पछि आफुहरुले नगरपालिकामा रहेको बिपन्न परिवारको पहिचान गरी सरक बाडिएको बताउनु भयो । ‘

जोडोमा गरिब र बिपन्न परिवार मर्कामा छन हामीहरुले उनीहरुलाई जिवन यापनमा सहजताकालागि सिरक दिएका हौ ’ उहाँले भन्नु भयो । नगरपालिका भित्र रहेका १० वटै वडाका बिपन्न परिवार पहिचान गरी दुई चार दिन भित्रै सिरक बाडिने उहाँले बताउनु भयो ।

सिरक पाए पछि बिपन्न परिवार हर्षित बनेका छन । उता पालिकाले जाडो बढदै गए पछि नगरपालिका भित्र रहेका १० वटै वडाका चोक चोकमा दाउर बितरण गरिएको नगर प्रवक्ता पवन चौधरीले बताउनु भयो । नगरपालिका भित्र रहेको १० वटै वडामा चोकहरमा दाउरा बाडि सकिएको उहाँले बताउनु भयो ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६