प्रदेश

गड्यौली मल उत्पादनतर्फ आकर्षित भए सैनामैनाका कृषक



सैनामैना, ०५ माघ । रुपन्देहीको सैनामैनाका कृषकहरु गड्यौली मल उत्पादनतर्फ आकर्षित भएका छन् । अर्गानिक मल उत्पादनलाई नगरपालिकाले समेत प्राथमिकता दिन थालेपछि यसतर्फ आकर्षण बढेको हो ।

सैनामैना–८ का स्थानीय गुणानिधि अधिकारीले गड्यौली मल उत्पादन गरी बिक्री गर्न थालेपछि यसैको सिको गर्दै मल उत्पादनमा लाग्ने कृषकको संख्या करिब २ दर्जन पुगेको छ । ४ वर्ष अघि अध्ययन भ्रमणका क्रममा भारतको तमिलनाडुमा रहेको एक कृषि फर्ममा देखेको कुरालाई प्रयोग गरेका अधिकारीले यसको व्यवसायिक सम्भावना प्रवल रहेको उल्लेख गर्छन् ।

व्यवस्थित खाल्डो बनाएर उक्त खाल्डोमा गोबर, पराल तथा अन्य पातपतिङ्गर हालेर गड्यौलालाई खुवाएर तयार पारिने मललाई गड्यौली मल भनिन्छ । आफूले देखेको सीपलाई नेपालमा प्रयोग गर्दा सफलभएपछि यसतर्फ अन्य कृषकहरु पनि आकर्षित हुने गरेको उनी बताउँछन् । सुरुमा करिब ७० हजार लगानी गरी आफ्नै खेतमा ३ वटा सिमेन्टको पक्की खाल्डो बनाएर मल उत्पादनका लागेका अधिकारले वार्षिक २० क्वीन्टल मल उत्पादन गर्ने गरेको बताउँछन् ।

सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा थप ३ वटा प्लाष्टिकको खाल्डो बनाएर मल उत्पादनमा लगोका छन् । ‘सुरुमा यसरी मल उत्पादन गर्दा गाउँलेहरुले मलाई पागल हुन लागेको भनेर जिस्क्याउने पनि गरे ।’– चार वर्ष अघिको कुरा सुनाउँदै उनले भने, ‘गड्यौलालाई मल खुवाएर कसरी मल उत्पादन हुन्छ ? भन्ने गाउँलेका जिज्ञासासँगै आफूलाई पनि केही नयाँ गर्ने सोचले यसको महत्व बारे बुझाउन सफल भएको छु ।’ सङ्जाबाट २ कलिो गड्यौला किनेर मल उत्पादनमा लागेका उनले अन्य कृषकको पनि साथ पाउने भएपछि यसलाई थप व्यवस्थित बनाएर योजना बनाएका छन् ।

प्रकाशित : ५ माघ २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६