कपिलवस्तु ५ माघ । नेपाली कांग्रेस कपिलवस्तुको जिल्ला कार्य समितिको बैठक सम्पन्न भएको छ । जिल्लाको सदरमुकाम तौलीहवामा रहेको पार्टी कार्यालयमा नियमित बैठक सम्पन्न भएको हो । बैठकले कोषाध्यक्ष पदमा ध्यानेन्द्र हरिवशं मणि त्रिपाठीलाई मनोनित गरेको कांग्रेस जिल्ला सचिव शक्ति सिहं ठकुरीले जानकारी दिनु भयो ।
साथै बैठकले टोल बिकास समिति गठन नभएका क्षेत्रमा गठन गर्न क्षेत्रीय समितिहरुलाई पत्र पठाउदै गठनका लागी निर्देशन दिने निर्णय समेत गरेको छ । जिल्लामा कोरोनाको महामारी पनि बढदो अवस्था भएकाले सम्बन्धीत पक्षसगं समन्वय गर्दै जिल्लाबासीलाई कोरोना बिरुद्धको खोप लगाउने र जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको जिल्ला सभापति अब्दुल कलाम खाँले बताउनु भयो । कांगे्रस कपिलवस्तुले जिल्लाको बैठक हरेक महिनाको ५ गते राख्ने निर्णय गरेपछि आज यो पहिलो बैठक बसेको हो ।
प्रतिक्रिया