रुपन्देही ६ माघ -बुटवलमा ढिस्को खसेर पुरिँदा २ जनाको मृत्यु भएको छ । बुटवलको देवी नगरस्थित तिनाउ नदी किनारमा ढिस्को खसेर पुरिँदा २ जनाको ज्यान गएको हो । मृत्यु हुनेमा स्थानीय गणेश थापा र शिव थापा रहेका छन् । घटनामा परेर स्थानीय केशव पुरी, अशोक गाहा र अन्य एक जना घाइते भएका छन् । उनीहरुको लुम्बिनी प्रदेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
नदी किनारमा आगो तापेर बसिरहेका उनीहरुमाथि ढिस्को खसेको थियो । ढिस्कोले पुरिएकाहरुलाई घटनालगत्तै स्थानीय र प्रहरीले उद्दार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पठाएका थिए ।
प्रतिक्रिया