रूपन्देही ६ माघ । लुम्बिनी प्रदेश सरकारका पछिल्ला ५ महिना बिना कुनै उपलब्धि सकिएको छ । एमाले नेता शंकर पोखरेललाई मुख्यमन्त्रीबाट विस्थापित गर्दै गत साउन २८ मा माओवादी नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेका थिए । कांग्रेस, माओवादी केन्द्र, जसपा, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा र एक स्वतन्त्र सांसदको गठबन्धनबाट उनी मुख्यमन्त्री नियुक्त भएका थिए । गठबन्धनभित्रको ठूलो दल कांग्रेससँग आलोपालोमा केसी ८ महिना मात्र मुख्यमन्त्री बन्ने सहमति छ ।सहमतिअनुसार उनको अवधि सकिन अब ३ महिना मात्रै बाँकी छ । ५ महिने अवधिमा केसी नेतृत्वको सरकारले प्रभावकारी काम गर्न नसकेको भन्दै गठबन्धनभित्रै आलोचना बढेको छ ।
कांग्रेस, जसपासहितका दल असन्तुष्ट छन् । कर्मचारीलाई विधिमा चलाउन नसकेको आरोप पनि छ । मन्त्रिमण्डल र सचिवालय जम्बो बनाएकामा नागरिकस्तरबाटै केसीको आलोचना भइरहेको छ । गठबन्धनको सामूहिक भावनाअनुसार काम गर्न नसकेको आरोप पनि केसीलाई छ ।दोस्रो त्रैमास सकिँदा पनि चालु वर्षको पुँजीगत खर्च १२ फ्रतिशत मात्र छ । टुत्र्याएका मन्त्रालय एउटै भवनमा ३ वटासम्म राखिएको छ । पर्याप्त कर्मचारी छैनन् । सरकारले ल्याएको नयाँ बजेट पनि विवादित छ । आफूखुसी मन्त्रीका योजनामा रकम बाँडेको आरोप छ । विकास र योजनाका काम छोडेर पूर्वाधारबिनै दाङमा राजधानी सार्ने हतारोमा सरकार रहेको कर्मचारीको गुनासो छ । भौतिक पूर्वाधार विकास मन्त्रालयका एक अधिकृतले सरकारले योजनाका कामभन्दा मन्त्रालय थप्ने र राजधानी सार्ने विषयलाई प्राथमिकतामा राख्दा अन्य काम पनि गन्जागोल भएको आरोप लगाए ।
प्रतिक्रिया